Author: Tikaram Bastola

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

Read More

दाजुलाई कुरा लगाइदिएको भन्दै नवलपरासीमा एक युवकले आफ्नी भाउजूको हत्या गरेका छन् । रामग्राम नगरपालिका–१० मझरियाका २७ वर्षीय चन्दन चौधरीले आफ्नी भाउजू २६ वर्षीया मिरा चौधरीको हत्या गरेका हुन् । चन्दनले मोटरसाइकलको सकरले हानेर भाउजू मिराको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए । गम्भीर घाइते भएकी मिराको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो । हत्यामा संलग्न चन्दनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ । चन्दनका दाइ भने रोजगारीको सिलसिलामा विदेशमा छन् । चौधरीका बाबुले २ कठ्ठा जग्गा बेचेर दाजुको विवाह गरिदिएका थिए । प्रहरीका अनुसार गाउँमा बस्दै आएका चन्दनले दाजुलाई दिएजति जग्गा बेचेर…

Read More

नाबालिग बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता पल शाहले जेलबाट निस्केयता पहिलो अन्तरवार्ता दिएका छन्। सन्दीप क्षेत्रीको टेलिभिजन शो ‘ह्वाट द फ्लप’ मा उनले आफ्नो जेल जीवनका अनुभवहरू सुनाएका छन्। सो अनुभव सुनाउँदा कार्यक्रम प्रस्तोता रहेका सन्दिप क्षेत्रीको हासो भने रोकिएन्। जेल बसाइको वर्णन गर्दा पल भावुक भन्दा पनि बढी रोमाञ्चित देखिन्थे। पलभन्दा बढी रोमाञ्चित देखिएका थिए सन्दीप क्षेत्री। पलले जेलमा हुन्छु भन्ने बित्तिकै पहाड खसेजस्तो फिल भएको बताएका छन्। उनले जेल बसाइ कष्टकर भएको पनि बताएका छन्। उनले भनेका छन्, ‘जेलको शौचालयको गन्धले तीन दिनसम्म मलाई रिंगटा चलिरहेको थियो। कहाँ लड्छु जस्तो भएको थियो, त्यहाँको गन्धले। यति ‘ब्याड स्मेल’ आउँदो…

Read More

सिरहा — नगरपालिकाले घर भत्काएपछि जानकारी गराउन जिल्ला प्रशासन कार्यालय पुगेका पीडित पक्षलाई मिर्चैया नगरपालिकाका प्रमुखले बाटोमा दुर्व्यवहार गरेको भन्दै सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण राजमार्ग अवरुद्ध भएको छ । बिहान १० बजेबाट गरिएको राजमार्ग अवरुद्धका कारण लामो तथा छोटो दुरीका सवारीसाधन पूर्वतर्फ चोहर्वामा रोकिएका छन् । पश्चिमतर्फ भने मिर्चैया नजिक पुलमा रोकिएको छ । ‘जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भएर आएपछि हामी मिर्चैयाका पीडितहरु जानकारी गराउन जिल्ला प्रशासन कार्यालय गएका थियौं,’ मिर्चैयाका अशोककुमार साहले भने, ‘जिल्ला प्रशासन कार्यालय पुगेका पीडितमाथि मेयर श्रवणकुमार यादवले दुर्व्यवहार गरे ।’ मिर्चैया उद्योग वाणिज्य संघ…

Read More

२५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्धको अभियानबाट नै समाजवादको बाटो सुरु हुने बताएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले अभियानको सुरुआत प्रधानमन्त्री प्रचण्डले सुरु गरिसकेको बताए । ‘नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ,’ उनले भने, ‘आजको सापेक्षतामा भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरु हुन्छ ।’ मन्त्री किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताउँदै नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैंले गर्नुपर्ने बताए । नेपाली समाज, समाजवाद कस्तो हुने…

Read More

झापाको दमक नगरपालिका–१ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका साढे ९ बजे लागुऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाईछिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेसगै २० वर्षीय शैलेशकुमार मगर, २३ बर्षीय एनोस राई, दमक–२ का २८ वर्षीय मदनबहादुर मगर, २५ वर्षीय हेम श्रेष्ठ र दमक–६ का २० वर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापाको बाह्रदशीमा आली लगाउन गएका एक व्यत्तिको खेतमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी ४ घर भएका ६० बर्षीय जितु मर्डी रहेको चकचकी प्रहरीले जानाएको छ । माधक पदार्थ सेवन गरेर खेतको आली लगाउन गएका मर्डीको दिउँसो ३ बजे मृत्यु भएको हो । प्रहरीका अनुसार शव पोस्मार्टको लागि भद्रपुर लगिएको छ ।

Read More

झापा/ झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ का किसानलाई पचास प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन यान्त्रिकरण खरिदमा अनुदान उपलब्ध गराएको हो । च्यापकटर २१ वटा र ह्रिलव्यारो २५ वटा वितरण गरेको वडा नम्बर ४ का सचीव जय प्रसाद पोख्रेलले बताउनु भयो। अध्यक्ष सन्त कुमार थापाको अध्यक्षयत्तामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङदेन,अथितीहरु वडा सदस्य सुनिल बाह्रकोटि, शान्ता गहतराज,भागरिता दाहालको रहेको थियो। “किसानलाई सामान खरीदको कूल मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ,” वडा अध्यक्ष थापाले भन्नुभयो, “कृषि यान्त्रिकरणका लागि ३ लाख ७५ हजार खरीदमा…

Read More

डोटी : विषालु च्याउ खाँदा डोटीमा–११ जना बिरामी परेका छन् । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर–५ इन्द्रचोकका ११ जना बिरामी परेका हुन्। विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ९ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो। उनीहरू खतरामुक्त रहेको अस्पतालको भनाइ छ।

Read More

काठमाडौं । दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए । उपस्थित अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धासुमन व्यक्त गरे । कार्यक्रममा मन्त्री किराँतीले मन्त्री किराँतीले श्रष्टाहरुको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने व्यवस्थित ठाउँ पनि नभएको भन्दै आफ्नै कार्यकालमा व्यवस्थित भवन बनाउने बताए ।कार्यक्रममा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको बताउँदै सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरिन् । कांग्रेस महामन्त्री गगन थापाले तामाङ समकालीन…

Read More