Kanakai Online

हल्दिबारी ४ मा पचास प्रतिशत अनुदानमा किसानलाई कृषि यान्त्रिकरण वितरण


आइतवार, असार २४, २०८० |

झापा/ झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ का किसानलाई पचास प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण वितरण  गरेको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन  यान्त्रिकरण  खरिदमा अनुदान उपलब्ध गराएको हो ।

च्यापकटर २१ वटा  र ह्रिलव्यारो २५ वटा वितरण गरेको वडा नम्बर ४ का सचीव जय प्रसाद पोख्रेलले बताउनु भयो।

अध्यक्ष सन्त कुमार थापाको अध्यक्षयत्तामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङदेन,अथितीहरु वडा सदस्य सुनिल बाह्रकोटि, शान्ता गहतराज,भागरिता दाहालको रहेको थियो।

“किसानलाई सामान खरीदको कूल मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ,” वडा अध्यक्ष थापाले भन्नुभयो, “कृषि यान्त्रिकरणका लागि ३ लाख ७५ हजार खरीदमा विनियोजन गरेको थियो ।

किसानकोसहित रु ७ लाख ५० हजार मूल्य बराबरको सामग्री वितरण गरिएको हो ।

सम्बन्धित खबर