प्रेमबहादुर जिम्बा
नेपाल सरकार, संचार तथा सूचना प्रबिधि मन्त्रालय, चलचित्र बिकाश बोर्डको बिशेष सहयोगमा श्रीभा सन्चार प्रालि र जनचेतना नेपालले झापा जिल्लाको बिर्तामोड नगरपालिकामा अवस्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसमा ूनेपाली चलचित्रमा पर्यापर्यटन तथा युवाहरूको भूमिका सम्बन्धि, एकदिने चलचित्र कार्यशाला सम्पन्न भएको छ ।
चलचित्र क्षेत्र सग सम्बन्धित ८० जना युवाहरूको सहभागितामा सम्पन्न भएको कार्यक्रममा श्रीभा सन्चारका प्रबन्धक निर्देशक गोबिन्द कार्किको सभापतित्व रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि जनचेतना नेपालका केन्द्रिय अध्यक्ष बालकृष्ण निरौला, अतिथि, चलचित्र निर्देशक निर्माता, चिरञ्जीवी बस्नेत, लेखक निर्देशक बिश्वमणि घिमिरे समाजसेबवी शेर बहादुर थापा,साना किसान बिकास बैकका ईलाका प्रमुख शुभाष गौतम,चन्द्र सूर्य युवा कल्बका अध्यक्ष मेदनि घिमिरे, युवा आवाजका अध्यक्ष सेवन्त पोखरेल,जनचेतना नेपालका कोशी प्रदेश सम्योजक,खेमराज अधिकारी लगाएत विभिन्न ब्यक्तिहरु उपस्थिति रहेको थियो । निर्माता निर्देशक चिरञ्जीवी बस्नेत र निर्देशक बिश्वमणि घिमिरेले चलचित्र कार्यशाला सम्बन्धि औचित्य प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा प्रमूख अतिथि निरौला र बिशेष अतिथि शेर बहादुर थापाले आगामी दिनहरुमा चलचित्र क्षेत्रले खेल्नुपर्ने भुमिकाका वारेमा सहभागिलाई प्रशिक्षण दिनुभएको थियो । थापाले आफु चलचित्र क्षेत्रलाई जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनु भयो । कार्यशालामा उपस्थिति सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो भने जनचेतना नेपालको निर्माण बालकृष्ण निरौलाको निर्देशन रहेको चलचित्र ूयूवा उत्पेरणाूपनि प्रदर्शन गरिएको कार्यशाला आयोजनामा श्रीभा सञ्चार जनचेतना नेपालले सहकार्यमा सम्म्पन्न भएको कार्यक्रम जनचेतना नेपालका झापा जिल्ला सम्योजक शिव कुमार मैनालीले सञ्चालन गर्नु भएको थियो ।