झापा।बर्थिङ्ग सेन्टरमा कार्यरत प्रसुतीकर्मीहरूलाई MNH सम्बन्धी ३ दिने अनसाइट कोचिङ कार्यक्रम जलथल स्वास्थ्य चौकी हल्दिबारी ४ मा सम्पन्न भएको छ।
जलथल स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर सुरक्षित प्रसुती सेवा प्रदान गर्न सदैव तयारी अवस्थामा रहेको छ।। हल्दिबारी गाउँ पालिकामा रहेको जलथल स्वास्थ्य चौकी मा मातृ तथा नव शिशु कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टर कार्यरत प्रसुतीकर्मिहरुकाई MNH सम्बन्धि ३ दिने कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए।
कार्यक्रमको समापन समारोह मा आज हल्दिबारी गाउँपालिका कि उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , वडा अध्यक्ष सन्त कुमार थापा , व्यवस्थापन समिती सदस्यहरू स्वास्थ्य कार्यालय झापाबाट MNH फोकल प्रसन नारायणी तुम्बापो र हल्दिबारी स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौला लगायत को उपस्थिति रहेको थियो।
उक्त कोचिङ को प्रशिक्षण कार्य मेची प्रादेशिक अस्पतालका नर्सिङ अधिकृत सिता भण्डारी र बिर्तामोड नगर अस्पताल का स्टाफ नर्स सरस्वती अधिकारीले गरेका थिए भने कार्यक्रममा बर्थीङ सेन्टर तथा स्वास्थ संस्थाहरुमा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सवै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामा नै सुरक्षीत प्रसुती गराउन अनुरोध गर्दै घरमा प्रसुती गराउने कार्य खतरापुर्ण रहेको हुँदा सवै गर्भवती हरूलाई स्वास्थ्य संस्थामामै प्रसुती सेवा लिन प्रोत्साहन गर्ने भनि सहभागीहरूले प्रतिबद्धता जनाएका थिए।