कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रभित्र हुने असारे विकास निर्माण सम्बन्धि कामहरुमा माओवादी केन्द्रले खबरदारी सुरु गरेको छ ।
संघिय सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भ्रष्टाचार विकास निर्माणमा ढिलाई कमशल निर्माण लगायातका कामहरुलाई खबरदारी गर्नका लागि पार्टीको स्थानीय कमिटीहरुमा परिपत्र भएसगै आफुहरुले वार्ड र गाउँ टोलमा हुने गरेको अनियमिताका वारेमा खबरदारी सुरु गरिएको नेकपा माओवादी केन्द्र कनकाई ७ का वडाध्यक्ष अनिरुद्र चापागाईले बताउँनुभयो । यसैबिच कनकाई नगरपालिका ७ मा रहेको भृकृटी माध्यमिक बिद्यालयमा कनकाई नगरपालिकाद्धारा प्रदान गरिएको बजेटबाट थालिएको बिद्यालय रङ्गरोगन लगाउने कार्य कमशल र स्टीमेट अनुसारको नभएको पाइएपछि यसलाई काम रोकी पुन स्टीमेट अनुसारको काम गर्न लगाइएको पार्टीका वडाअध्यक्ष चापागाईले बताउँनुभयो । यता कनकाई ६ नम्बर वार्डको ३२ लाखको लागतमा बनेको भवनमा समेत एउटै भवनमा लाखौको घोटाला भएको पाईएकोले छानविनका लागि सरकार समक्ष माग गरिएको चापागाईले बताउँनुभयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ