Kanakai Online

बिर्तामोडमा प्रादेशिक कवि सम्मेलन


मङ्गलवार, असार १९, २०८० |

कनकाई अनलाईन

कोशी प्रदेशभरिका साहित्यकारहरुको उपस्थितिमा झापाको बिर्तामोडमा बृहत कवि सम्मेलन सम्पन्न भएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोड १ को आयोजनामा प्रादेशिक कवि सम्मेलन भएको हो । सम्मेलनमा कोशी प्रदेशभरिका साहित्यकारसंगै भारत आसामका साहित्यकारहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा झापा , मोरङ, इलाम , पाँचथर ,ताप्लेजुङ ,तेह्रथुम , सुनसरी , धनकुटा ,भारतको आसामलगायतक ठाउँका ५० भन्दा बढी कविहरुले कविता वाचन गर्नुका साथै समावेशी गीत नृत्य प्रस्तुत गरिएको थियो ।

साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष भगवती ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन प्रा.डा. टंकप्रसाद न्यौपानेले गर्नुभयो । कार्यक्रममा असम नेपाली साहित्य सभाका अध्यक्ष दुर्गा खतिवडा, धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे , दमक प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति हेम अधिकारी , आख्यानकार राजेन्द्र संग्रौलालगायतले शुभकामना र रचना प्रस्तुत गर्नुभयो । त्यस्तै साहित्यकार गोपिकृष्ण खतिवडाले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कवि सम्मेलनको अघिल्लो दिन प्रतिष्ठानले गजल साँझ आयोजना गरेको थियो । गजल साँझमा दर्जनौं स्रष्टाहरुले गजल गायन र वाचन गरेका थिए ।

सम्बन्धित खबर