Kanakai Online

जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु: वडा अध्यक्ष थापा


सोमवार, असार १८, २०८० |

हल्दिबारी/ झापा जिल्लाको हल्दिबारी गाउपालिका वडा नम्बर ४ मा जनप्रतिनिधिको  रूपमा सन्त कुमार थापा वि.सं. २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष  हुन्!

अघिल्लो पटकभन्दा यस पटक सब वडाको सबै टोल एउटा गतिमा गइसकेको अवस्थामा विकासले केही काचुली फेर्ने विश्वास जनतामा छ । नवनिर्वाचित वडा अध्यक्ष लगायत वडाका पदाधिकारीहरु निरन्तर रुपमा वडाको विकास निर्माणमा लागी परेका छन् । साेही क्रममा हल्दिबारि गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्त कुमार थापा सँग गरेकाे कुराकानी सम्पादित अश:

वडा नं. ४ को वडाध्यक्ष विजयी हुनुभएको एक वर्ष बित्यो । वडाको विकासका लागि कस्ता कार्यक्रम ल्याउनु भएको छ ?

विशेषगरी हामीले भौतिक पूर्वाधारलाई मात्र विकास भनिरहेका छैनौं । अभौतिक र व्यक्तित्व विकास पनि यसै अन्तरगत राखेका छौं । हामीले वडाको बजेटमा विभिन्न सीपमूलक कार्यक्रहरु सञ्चालन गरिरहेका छौं । बालबालिकाको लागि उद्घोषण तालिम, हामीले १५ देखि २० जनालाई भर्खरै साबुन, हार्पिक, फिनेल लगायतका सामग्रीहरु बनाउने तालिम गरायौं ।कलेज लेभलका भाइ बहिनीहरुलाई कम्प्युटर तालिमको शुरुवात गरेका छौं यो तालिम अन्तिम चरणमा आएको छ। २५ जनालाई अहिले कम्प्युटर तालिम दिदै छौ ।किसानहरुका लागि बेमैसमी तरकारी खेती सम्बन्धी तालिम सञ्चालन गर्ने तयारीमा छौं ।

१ वर्षको कार्यकालमा कृषि क्षेत्रमा के कस्तो कार्यक्रम गर्नु भयो? हाम्रो वडाका बासिन्दा अधिकांश कृषि पेशामा आवद्ध हुनुहुन्छ । कृषिलाई पनि प्रवर्धन गरेर अझ स्थायित्व हुनेगरी र किसानहरुको आयआर्जन बढाउने गरी हामी विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेका छौं । त्यसमध्ये अहिले हाम्रो पालिकामा पानी तान्ने मोटरहरु वितरण हुँदैछ । हाम्रो वडामा पनि ८ जनालाई त्यो सुविधा दुईतिन दिन  भित्रमा दिदै छौ । घाँस काट्ने मेसीन, २१ जना लाई पालिकामार्फत वडाबासीलाई प्रदान गर्दै आइराखेका छौं ।

पछिल्लो समय जनतामाझ गएर तिनका आवश्यकता बारे पनि बुझ्ने गर्नु भएको छ कि छैन ?

हामीले निर्वाचित भएको एकवर्ष पूरा भएको छ । जनताले हामीसँग राख्नु भएको त्यस्तो धेरै माग छैन । सामान्य के छ भने उहाँहरु भन्नु हुन्छः मेरो गाउँमा बिजुलीको पोल छैन, ह्युमपाइप राखिदिनु पर्यो, बाटो बिग्रेको छ । यसो एकदुई ट्रिपर ग्राबेल हाल्दिनु पर्यो भन्नुहुन्छ । हाम्रो वडाको बजेटले भ्याएसम्म समस्याको सम्बोधन गरिरहेका छौं । वडाको क्षमताले नभ्याएको अवस्थामा नगरमा योजना पेस गरेका छौं । यसर्थ जनताको आवश्यकता र मागबारे वडाध्यक्षको नाताले म सचेत छु ।

उसोभए तपाईंको वडामा जनताका आवश्यकता र योजनाहरुको सम्बोधन भइरहेको छ त ?

हामी पहिलो आर्थिक वर्षमा छौ । यो हाम्रो बजेट पनि चुनावी बजेट थियो, हाम्रो कार्यलयमा कामै नदेखिने, हिजोजस्तो कागजमा मात्रै काम हुने, काम नदेखिने गरिरहेका छैनौ ।यहाँ मेचे समुदाय र आदिवासी जनजाति समुदायको बसोबास छ । ग्रावेल नपुगेका ठाउँहरुमा पनि ग्रावेल विस्तार गरिसकेका छौं । बिजुली बत्ती पनि हामीले धेरै ठाउँमा विस्तार गरिसकेका छौं ।

भ्रष्टाचाररहित वडा बनाउन सक्नेमा विश्वस्त हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । कर्मचारीहरूलाई सुशासनको कुरा र अनुसासीत बनाउँने कुरामा प्रतिबद्ध छु । योजना निर्माणका कुराको सवालमा जनताको बीचमा योजना लगेर जनमुखी र पारदर्शी बनाउने छु ।

स्थानीय सरकार आइसकेपछि झनै भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने जनताको गुनासो सुनिन्छ नी, यस बारे के छ तपाईको धारणा ?

तपाईंले सुनेजस्तै विगतका कतिपय सरकारले भ्रटाचार गरे होलान्। तर मेरो कार्यकालमा वडाको यो पहिलो मुल नारा पनि हो भ्रष्टाचार गर्दैन र हुन पनि दिँदैन भनेर म निरन्तर रुपमा लागि परेको छु ।भ्रष्टाचार हुँदै भएन म भन्दिन । तर, मेरो कार्यकालमा भ्रष्टाचार गर्दैन र हुन दिँदैन । यो कुरामा म प्रतिबद्ध छु । यो एकै पटक पोको पारेर फाल्न सकिने विषय होइन ।भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता फेर्न आवश्यक छ । म जनताका गुनासा सुन्दै कर्मचारीलाई भ्रष्टरहित भएर काम गर्न प्रेरित गर्ने छु । जनताको छिटो र छरितो सेवाका लागि कर्मचारीलाई सधैँ कटिबद्ध रहन निर्देशन दिन चाहन्छु ।

अनि स्वास्थको क्षेत्रमा के कस्ता कार्यक्रम गर्दै हुनुहुन्छ? के छ योजना

स्वास्थको क्षेत्रमा हामीले केहि समय अगाडी मात्र  जो आर्थिक अवस्था कमजोर भएर स्वास्थ बिमा गर्न सक्नु भएको छैन। उहाँहरुको लागि हामीले वडाको बजेट मार्फत  ५० घर परिवार लाई निशुल्क स्वास्थ बिमा गर्देको छौ। र अब अगामी वर्षमा यसैले अझै अगाडी लाग्ने योजना छ।

अन्त्यमा समग्र वडाबासीलाई के भन्न चाहानुहुन्छ ?

हल्दिबारी गाउपालिका वडा नम्बर ४ का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याकाे समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु।जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडि विकास गर्दै लगिने वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

अन्तमा म पुन: के भन्छु भन्दा खेरी हामी जनप्रतिनिधि वडाको समस्या समाधान गर्दै सुन्दर गाउँ निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । वडाको काममा साथ दिनुहोला । कमि—कमजाेरी औंल्याई दिनुहोला । नविन ऊर्जाका साथ काम गर्ने छु । यही भन्न चाहन्छु । धन्यबाद

सम्बन्धित खबर