कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाईले नेपालकै पहिलो सामुदायिक वन मानिने कनकाई सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरेको छ ।
लायन्स क्लवका अध्यक्ष गंगाराम गजुरेल ( संन्जय), प्रथम उपाध्यक्ष संदिपबाबु प्रसाई, दोस्रो उपाध्यक्ष मानबहादुर दाहाल, सचिव पंकज खडका लगायातको सहभागितामा कनकाई सामुदायिक वन समुह परिसरमा अमला, सिरिस, तित्री लगायातका विरुवा रोपण गरिएको अध्यक्ष गजुरेलले बताउँनुभयो ।
कनकाई युवा समुहको सहयोगमा उक्त विरुवा रोपिएको हो । कनकाई नगरपालिका क्षेत्रमा रहेका धेरै संघ संस्थाहरुमध्ये लायन्स क्लव अफ कनकाई सुरुङ्गाले सामाजिक गतिविधिहरु गर्दै अग्रजी संस्थाका रुपमा काम गर्दै आइरहेको छ ।