Kanakai Online

हामीलाई देख्दा मात्र भष्ट्राचारीहरुको मुटु काप्छ; राजेन्द्र लिङदेन 


शनिवार, असार १६, २०८० |

झापा। झापाको हल्दिबारी १ राष्ट्रिय प्रजातन्त्र पार्टी को आयोजनामा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

पार्टीका एक नं वडा का अध्यक्ष प्रकाश कार्की को सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन को प्रमुख आतिथ्यता रहेको थियो। प्रदेश सांसद माननीय निमसरी राजवंशी,जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सचिव कुमार थापा, जिल्ला सदस्य दिलकेशर थापा, क्षेत्रिय अध्यक्ष रविन्द्र लिङदेन,हल्दिबारी गाउँ कमिटी अध्यक्ष एकराज रानामगर लगायत राप्रपाका नेताहरूको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि डम्बर सिंह लिङदेन, नेकपा समाजवादीका हरी ढकाल, गोमा बागदास , नेपाली कांग्रेसकी नेतृ एवम् वडा नं १ कि पूर्व वडा सदस्य गोमा बागदास सहित ठूलो संख्यामा स्वतन्त्र युवाहरु र विभिन्न पार्टीका पुराना नेता तथा कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका थिए। उनीहरुलाई केन्द्रीय अध्यक्ष लिङदेनले पार्टीको सदस्यता दिएका थिए।

पार्टी प्रवेश पछि बोल्दै लिङदेनले देशको वैकल्पिक पार्टी अव राप्रपा मात्रै भएको भन्दै भष्ट्राचार र अस्थिर राजनीतिलाई सुधार गर्न सबैलाई एकठाउँ उभिन आग्रह गरेका थिए।
पार्टीमा नयाँ प्रवेश गरेका व्यक्तित्वहरूले पनि राप्रपाको एजेण्डा र नेतृत्व मन परेर प्रवेश गरेको बताएका थिए। ५० जना नवप्रवेशीलाई स्वागत गर्दै लिङदेनले राप्रपा अव नविन राप्रपा भएको बताएका थिए। नरेन राईले स्वागत गरेको कार्यक्रमको संचालन देवीबहादुर थापाले गरेका थिए।

सम्बन्धित खबर