Kanakai Online

वालवालिकामा पढन सस्कृतिको विकास गर्न शिवसताक्षीको गाउँगाउँमा ज्ञानघर


शनिवार, असार १६, २०८० |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिकाले वालवालिका र युवा वर्गमा पठन सस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञानघर निर्माण सुरु गरेको छ ।


शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रो रोषनले शनिवार शिवसताक्षी नगरपालिका ७ ब्याङ्गडाँडामा आजै ज्ञानघरको निर्माणपछि उदघाटन गर्दै अभियानको सुरुवात गर्नुभएको हो । स्थानीय गोर्खाली हर्ट नामक क्लवको संयोजनमा नगरपालिकाको आर्थिक सहयोगमा सुरुवात गरिएको उक्त ज्ञानघरमा नगरप्रमुखले वृहत नेपाली शब्दकोष लगायातको पुस्तकहरु प्रदान गर्दै ज्ञानघरको उदघाटन गर्नुभयो । गाउँपालिकाले प्रदान गरेको ४ लाख रकममा अन्य दाताहरुको सहयोगबाट उक्त ज्ञानघरको सुरुवात गरिएको गोर्खाली हटका अध्यक्ष बिजय लिम्बुले बताउँनुभयो ।


यसै आर्थिक बर्षमा शिवसताक्षी नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञानघर तयार भइसकेको र आगामी आर्थिक बर्षमा थप ४ स्थानमा ज्ञानघर निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिसकिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले बताउँनुभयो । पछिल्लो समय वालवालिकारुमा मोवाईल र टिभीको लतका कारण आचरण र मानसिक स्वास्थ्यमै समस्या देखिएपछि पत्रपत्रिका र पुस्तक पठन सस्कृतिको विकासका लागि नगरका प्राय सबै चौकमा ज्ञानघर निर्माणको अभियानलाई देशकै नमुनाका रुपमा नगरले लगेको नगरप्रमुख थोप्राले बताउँनुभयो ।

ज्ञानघरलाई नगरव्यापी बनाउनका लागि नगरपालिकाले निति बनाएर र आवश्यक बजेट समेतको व्यावस्थापन गरिसकेको नगरप्रमुखको भनाई छ । ज्ञानघरको लागि अघिल्लो आर्थिक बर्षबाट बजेट बिनियोजन सुरु गरेकोमा झापाकै १५ पालिका तथा सम्भवत कोशी प्रदेशकै नौलो कार्यक्रम यस ज्ञानघर निर्माण भएको नगरप्रमुले बताउँनुभयो । ज्ञानघरबाट सबै उमेर समुह र समुदायका नगरवाशीले फाइदा लिन सक्ने थोप्राले बताउँनुभयो । ज्ञानघरमा विद्यार्थी, घर गृहणी, लोकसेवा आयोगका विद्यार्थी देखि लिएर राजनैतिक गतिविधि जान्न चाहने स्थानीय नेतासमेतलाई फाइदा पुग्नेगरि पत्रपत्रिकाको व्यावस्था गरिने समेत नगरप्रमुखले बताउँनुभयो ।
ज्ञानघरलाई शिक्षाकै महत्वपुर्ण लगानीका रुपमा लिइएको र नगरपालिकाले समग्र बजेटको १० करिव १० प्रतिशत बजेट शिक्षामा बिनियोजन गरिएको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले बताउँनुभयो ।
नगरका ग्रामिण चौकहरुमा स्थापना हुने ज्ञानघरमा पुस्तक, विभिन्न पत्रपत्रिका र जानकारीमुलक सुचनाहरु उपलब्ध हुने योङहाङ्गले बताउँनुभयो । वालवालिकाका तथा युवा पुस्ताहरुमा पठनशैली हराउदै गएकोले यसको विकास गर्नका लागि नगरपालिकाले ज्ञानघरको अवधारणा ल्याएको लेखा प्रमुख योङहाङ्गको भनाई छ । शिवसताक्षी नगरपालिकालाई शैक्षिक हव बनाउने योजनामा ज्ञानघरको मुख्य भुमिका हुन सक्ने प्रकाशले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष भवानीविक्रम चेम्जोङ्गले ज्ञानघर निर्माण नगरकैमात्र नभएर जिल्लाकै नौलो कार्यक्रम भएको भन्दै नगरको गौरवको योजना भएको दावी गर्नुभयो । ज्ञानघरलाई सबै उमेर र समुहका नागरिकले फाइदा लिन समेत वडाअध्यक्षले अनुरोध गर्नुभयो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा साखा प्रमुख छविलाल ढकाल, शिवसताक्षी रेडक्रसका अध्यक्ष गोविन्द काफ्ले, किरात याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जबेगु, मेची अंग्रेजी माविका पिन्सिपल पदम कुबँर लगायातले ज्ञानघर निर्माणले शिवसताक्षीको शिक्षा र नैतिक आचरणका क्षेत्रमा महत्वपुर्ण काम भएको बताउँनुभयो ।
यसैविचमा ज्ञानघर निर्माणपछि स्थानीय उमा अधिकारी, रोहित गिरी लगायातका दाताहरुले ज्ञानघरका लागि पुस्तक समेत प्रदान गर्नुभयो । कार्यक्रमको स्वागत चन्द्रहाङ लिङदेनले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गोर्खाली हर्टका अध्यक्ष बिजय लिम्बुले गर्नुभएको थियो ।

सम्बन्धित खबर