Kanakai Online

क्रसर व्यावसायीद्धारा सरकारलाई धम्की


बिहिवार, असार १४, २०८० |

कनकाई अनलाईन

कोसी प्रदेश क्रसर व्यावसायीहरुले सरकारलाई उद्योग बन्द गर्ने चेतावनी दिएका छन । क्रसर व्यावसायीहरुले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै उत्पादन कार्य बन्द गर्ने चेतावनीदिएका हुन ।
कोशीप्रदेश क्रसर व्यवसायी तथा मेचीक्रसर व्यवसायीले असार १८ गते देखि उद्योग बन्द गरेर सडक संर्घषमाउत्रिने चेतावनीदिएका छन । क्रसर उद्योगको कम्पनीनवीकरण गर्न सरकारले कुनै चासो नदेखाएको बताउंदै उनीहरुले उद्योग बन्द गर्ने बताए ।
सरकारले क्रसर बन्द गराउने, नविकरण नगर्ने तर आयकर, भ्याट नियमिततिर्नु पर्दा धान्ननसक्ने स्थिति आएको नेपालक्रसर तथाखानीउद्योग महासंघका केन्द्रियउपाध्यक्ष देवराजतामाङले बताए ।
सरकारले असार १८ गते सम्म नवीकरण गर्ने प्रतिबद्धता नजनाए चरणबद्ध आन्दोलनमाउत्रिने नेपालक्रसर तथाखानीउद्योग महासंघकाकेन्द्रियसल्लाहकार तथामेचीक्रसर व्यवसायी संघका अध्यक्ष शेर बहादुर थापालेजानकारी दिए ।
उनले सरकारका कारण क्रसर व्यवसाय धरापमा परेको आरोप समेत लगाए ।
उनले पटक पटकको कानून र ऐनले समस्यापारेको भन्दै सरकारको दिर्घकालीन सोच नै नभएको टिप्पणी गरे । राज्यले, आमजनताले क्रसर व्यवसायीलाई हेर्ने सोच नै तस्कर हो भन्ने छ अध्यक्षथापाले भने ‘हामीले राज्यलाई कर तिर्छाै, कम्पनीनविकरण गरेका छौं तर हामी तस्कर भएका छौं ।’

त्यस्तै पत्रकार सम्मेलनमाबोल्दै नेपालक्रसर तथा खानीउद्योग महासंघका केन्द्रियसदस्य केदार गिरीले
सरकारलेआगामीआर्थिक वर्षको बजेटमा नेपालको नदिजन्यपदार्थ भारत निर्यात गर्ने तर नेपालकाउद्योग बन्द गर्ने सरकारको योजनाबारे व्यवसायीमाअन्योलता छाएको बताए ।

सरकारले कम्पनीनविकरण गरेर नेपालकाउद्योग कलकारखानालाई चाहिने पदार्थ नेपालमै खपत गर्नु पर्नेमा केन्द्रियउपाध्यक्षतामाङले जोड दिए ।

गत२०७९ पौष २० गते सरकारले क्रसर, बालुवातथाखानीउद्योग बन्द गराई अबैध रुपमाखोलिएकातथाकानुनबाहिर सञ्चालनमा रहेका उद्योग बन्द गर्ने भन्दै छानबिन गरेको थियो ।
लगत्तै माघ ११ गतेको बैठकले असार मसान्त सम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दापनिनविकरण गर्न सरकारले चासो नदेखाएको नेपालक्रसर तथाखानीउद्योग महासंघका केन्द्रिय सल्लाहकार शारदा प्रसाद ढकालले बताए । नेपालभर २५ सय क्रसर उद्योग तथातीनमा २ लाखबढी कामदार कार्यरत रहेको जनाइएको छ । कार्यक्रममा कोशीप्रदेशकाबिभिन्नजिल्लाका ५० बढी व्यवसायीको उपस्थिति रहेको थियो । सरकारकै कारण समय समयमा परिवर्तन भइरहेको नीतिनियमका कारण मापदण्डमा पर्न नसकेर नविकरण हुननसकेका उद्योगलाई सरकारले चांडो भन्दा चांडो नविकरण गर्नु पर्ने व्यवसायीतथाउद्योगीको भनाई थियो । यता तत्कालिन गृहमन्त्री रवि लामिछानेको ठाडो आदेशपछि बन्द भएका क्रसरउद्योगहरु लामिछानेको बर्हिगमनसगै पुन संञ्चालनमा आएका थिए । तर हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत क्रसर व्यावसायीप्रति अनुदार बनेसगै क्रसर व्यावसायीहरुले सरकारलाई धम्की दिएका हुन ।

सम्बन्धित खबर