Kanakai Online

झापाका १५ वटै पालिका बजेट दमकले सबैभन्दा बढी र हल्दिवारीको कम बजेट


सोमवार, असार ११, २०८० |

लीलाराज झापाली
झापाका १५ बटै पालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि बजेट ल्याएका छन । झापाका पालिकाहरुले आआफ्नो बजेट पालिकाहरुको सभाबाट प्रस्तुत गरेका हुन । यस आर्थिक बर्षमा झापामा कुल १३ अर्ब ६६ करोड २४ लाख रुपैँया बराबरको बजेट ल्याउदा सबैभन्दा बढी बजेट दमक नगरपालिकाले १ अर्ब ८४ करोड, १२ लाख रुपैँयाको बजेट ल्याउदा सबैभन्दा कम बजेट हल्दिवारी गाउँपालिकाले ४७ करोड ७४ लाख ३० हजार रुपैँया बराबरको बजेट ल्याएको छ ।
यसैगरि झापाको कनकाई नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को लागि ६७ करोड, ८७ लाख २४ हजार १ सय ७५ रुपैँयाको बार्षिक बजेट प्रस्तुत भएको छ ।
आइतवार भएको नगरको १३ औ नगरसभाबाट नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले यस आर्थिक बर्षका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो । आशा शर्मा शिवाकोटीले अघिल्लो आर्थिक बर्ष २०७९/८० को भन्दा ६ करोडले कम बजेट सार्बजनिक गर्नुभएको हो । अघिल्लो आर्थिक बर्षमा कनकाई नगरपालिकाले ७३ करोड , ८५ लाख रुपैँयाको बजेट निर्माण गरेको थियो । यस बजेटमा सामाजिक सुरक्षा वापतको रकम २८ करोड भने समावेश छैन ।
शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८० /०८१ का लागि १ अर्ब, २१ करोड, ४० लाख ६६ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १२ औं नगरसभाबाट आन्तरिक श्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान र सामाजिक सुरक्षा भत्ता गरी उक्त रकम सार्वजनिक गरेको हो ।

जसमा आन्तरिक आम्दानी ६ करोड ५६ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त २ करोड, संघीय सरकारबाट ६९ करोड १७ लाख ५५ हजार बजेट सार्वजनिक गरेको छ। त्यस्तै प्रदेश सरकारबाट समानिकरण ११ करोड ४६ हजार, समपुरक अनुदान १३ करोड, शसर्त अनुदान ९४ लाख ७५ हजार, सवारी साधान बाँड फाँडबाट १३, करोड १९ लाख,४६ गरी ४६ करोड ७१ लाख १ हजार गरी जम्मा ८७ करोड ४० लाख ६६ हजार रकम र सामाजिक सुरक्षा भत्ता ३५ करोड रकम समावेश गरी १ अर्व २१ करोड ४० लाख ६६ हजार बराबरको रकम नगरसभाबाट सार्वजनिक गरिएको हो ।
यसैगरि झापा गाउँपालिकाले ४९ करोड ९० लाख १७ हजार २ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष अन्जुदेवी थपलियाले गाउँपालिकाको चौधौं गाउँ सभा मार्फत गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को बजेट प्रस्तुत गर्नुभएको हो ।
बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षका १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट सार्बजनिक गरेको छ ।

नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो नगर अधिवेशनअन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्तुत गर्नुभयो । ।उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाँडफाँटबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
यता अर्जुनधारा नगरपालिकाले आर्थिक बर्षका ला ि७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आइतवार आयोजित १३ औं नियमित अधिवेशनमा आगामी आर्थिक बर्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । नगर उप–प्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले आगामी नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभयो ।
यसैगरि झापा बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ८८ लाख ४० हजार ६ सय रुपैयाँ बरावरको वजेट सार्वजनिक गरेको छ ।

समृद्ध बाह्रदशीको आधार, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार भन्ने मूल नाराका साथ गाउँपालिकाको तेह्रौं गाउँसभाले बजेट सार्बजनिक गरेको हो । गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गाउँसभाबाट विनियोजित बजेट सार्वजनिक गर्नुभयो । यता मेचीनगर नगरपालिकाको आर्थिक बर्षका लागि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगरको बजेट १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो ।

यसैगरि दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि उपाध्यक्ष पुजन न्यौपानेले ५२ करोड ९२ लाख ४९ हजार १ सय रुपैयाको वजेट प्रस्तुत गर्नुभएको छ ।
यता झापाको कमल गाउँपालिकाले ७२ करोड २१ लख ८८ हजार रुपैयाको बजेट ल्याएको छ । गाउँसभामा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बजेट सार्वजनिक गर्नुभएको हो ।
यसैगरि भद्रपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ मा ८५ करोड ६७ लाख ३ हजार बजेट नगरपालिकाका उपप्रमुख राधा कार्कीले नगर सभामा सार्वजनिक गर्नुभएको छ ।
यसैगरि कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्षमा ६३ करोड १ लाख १० हजार बजेट गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले सार्बजनिक गर्नुभएको छ ।

फोटो ः कनकाई नगरपालिकाको बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख आशाशर्मा शिवाकोटी तस्वीर लीलाराज झापाली

सम्बन्धित खबर