Kanakai Online

कनकाई नगरकोे बजेट आज ३ बजे


आइतवार, असार १०, २०८० |

कनकाई अनलाईन

झापा– झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्षमा विकासमा जनसहभागिता जुटाउने अभियानलाई तिव्रता दिने भएको छ ।
नगरपालिकाले जारी गरेको वार्षिक नीति तथा कार्यक्रममा जनसहभागितालाई प्रोत्साहन गर्न हाम्रो विकास हाम्रो हात,जुटौं सबै एकै साथ भन्ने नारालाई अघि बढाउने भएको हो । उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रष्तुत गरेको नीति तथा कार्यक्रममा नगरको विकासका लागि संघ,प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायसँग समेत सहकार्य गरिने प्रस्ताव गरिएको छ । नयाँ सडकका लागि ट्रयाक खोल्ने भन्दा पुराना सडकको स्तरोन्नतीलाई प्राथमिकतामा राखेर हाल कायम भएका सडकको गुणस्तरीयता वृद्धि गरिने शिवाकोटीले बताउनुभयो । नगरभित्र व्यवस्थित र आचारसंहिता अनुसारको वस्ती विकासका लागि मेयर आवास कार्यक्रम सञ्चालनको प्रस्ताव नीति तथा कार्यक्रममा गरिएको छ । नगरपालिकाले दिगो विकासको लक्ष्य बमोजिम समुन्नत सम्पदा दिगो पूर्वाधार,समृद्ध कनकाईको मूल आधार भन्ने नारालाई आदर्शको रुपमा लिएर हरेक विकासका गतिविधी र नगरपालिकाका कार्यक्रमहरु यसै आदर्श बाक्य बमोजिम सञ्चालन गरिने उल्लेख गरिएको छ ।


नीति कार्यक्रममा विद्यार्थी तथा शिक्षकको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै वर्षमा दुई पटक सामुदायिक विद्यालयमा अध्ययन गर्ने शिक्षक र विद्यार्थीको स्वास्थ्य जाँच गरिने प्रस्ताव गरिएको छ । कनकाई नगरपालिकाले नीति कार्यक्रममा के के कुरा समेटेको छ । यसैगरि कनकाई नगरभित्र रहेका सहकारी संस्थाहरुको उचित र प्रभावकारी अगुगमन गरिने, बचत तथा लगानीको सम्बन्धमा समेत नियमित अनुगमन गरिने जनाइएको छ । यसैगरि कृषि क्षेत्रको उत्पादन बढाउनका लागि सामुहिक र करार खेतीलाई प्रोत्साहन गरिने, कृषकका उत्पादित बस्तुलाई बजारीकरण गर्न मद्धत गरिने जनाइएको छ । रैथाने बिउ बिजनको सरक्षंण गरिने तथा प्राङ्गारिक मलको उत्पादन गरिने जनाइएको छ । पशुपंक्षिको जैविक .विविधताको सरक्षण गरिने जनाईको छ । बाझो जमिनमा खेती गर्नका लागि युवाहरुलाई प्रोत्साहित गरिने जनाइएको छ । स्थानीय क्षेत्रमा छरिएर रहेका लघुउद्यमको प्रवद्धनका लागि निजि सार्वजनिक साझेदारी कार्यक्रम मार्फत उद्यमको बजारीकरण लगायातका प्रवद्धन गरिने जनाइएको छ । स्थानीय तहमा कोशेली घरजस्ता पसलहरु संञ्चालन गरिने जनाइएको छ । स्थानीय ऐतिहासिक तथा सास्कृतिक सम्पदाहरुको संरक्षण गरिने यसका लागि तीनै तहका सरकारको सहयोग लिइने जनाइएको छ । नगरका विपन्न बर्ग समुदायका व्याक्ति तथा अपाङ्ग असक्तहरुका लागि विशेष कार्यक्रम बनाएर उनीहरुको जीवन स्तर माथि उठाउने काम गरिने जनाइएको छ । नगरका अन्य संघसंस्थाको समेत सहकार्यमा नगरको सरसफाई लगायातका क्षेत्रमा काम गरिने कनकाई, बिर्ता अर्जुन नविकरणीय उर्जाको माध्यमबाट फोहोरलाई मोहोर बनाउन कार्यक्रम गरिने जनाइएको छ । जलवायु परिवर्तन र विपत व्यावस्थापनका क्षेत्रमा समेत कार्य गरिने जनाइएको छ । नगरवाशीको स्वास्थ्यलाई ध्यानमा राखि सर्ने तथा नर्सने रोगहरुको नियन्त्रणका लागि काम गरिने सचेतना लगायातका कामका लागि उचित बजेट बिनियोजन गरिने जनाईको छ । नगरपालिकाका खेलाडीहरुले राष्ट्रिय अन्तराष्ट्रिय पदक ल्याएमा सम्मान गरिने र खेल क्षेत्रबाट नगरको गौरव बढाउने काम गर्न प्रोत्साहित गरिने जनाइएको छ । नगरमा हुने कालोबजारी र एकाधिकार तोडनका लागि नगरले विशेष ध्यान दिने जनाएको छ । कनकाई नगरअस्पताललाई थप व्यावस्थित गरिने समेत जनाइएको छ । नगरको बजेट आज आइतबार ३ बजे प्रस्तुत हुदै छ ।

सम्बन्धित खबर