Kanakai Online

कनकाई नर्वदेश्वर किर्तन मण्डलमा लेखनाथ कोइराला


आइतवार, असार १०, २०८० |

कनकाई अनलाईन
कनकाई नर्वदेश्वर किर्तन मण्डलीको अध्यक्षमा लेखनाथ कोईराला सर्वसम्मत हुनुभएको छ ।


कनकाई नर्वदेश्वर किर्तन मण्डली कनकाई १ को ५ औं साधारणसभा तथा तेस्रो अधिबेशन लिला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष,सचिब र कोषाध्यक्ष को प्रतिवेदन पेस गरेपछि अनिरुद्र ओलीको संयोजगत्वमा निर्वाचन समिति गठन भएको थियो । समितिको सदस्यहरुमा ऋषिकेश खतिवडा र सिमा मैनाली रहनुभएको थियो । रहेको निर्वाचन समितिले अध्यक्षमा लेखनाथ कोईराला सर्वसम्मत चुनिदा उपाध्यक्षमा पदम कुमारी कोईराला सचिबमा सीता अधिकारी सहसचिवमा देबिका गौतम कोषाध्यक्षम खेमराज नेपाल र सदस्यहरुमा भरत अधिकारी,मिना अधिकारी,कमला खत्री,तुलसा थापा,साबित्रा तिम्सिना सर्वसम्मत चुनिनुभएको हो । अन्य वाकी थप ४ सदस्य मनोनित गरिने जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतथि वडानम्बर १ का वडाअध्यक्ष सुशील पोखरेल, रहनुभएको थियो भने नर्वदेश्वर संरक्षण समितिका अध्यक्ष सुलोचना ओली सुर्योदय क्लबका मिना खड्का,कनकाई बिहानी क्लबका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो
कार्यक्रममा प्रमुख अतिथि पोखरेल लगायात अनिरुद्रओली,बालकृष्ण सिटौला लगायातले शुभकामना राख्नुभएको कार्यक्रममा
स्वगत मन्तब्य बिष्णुमाया कोईरालाले र कार्यक्रम संचालन निर्मला अधिकारीले गर्नुभएको थियो ।

सम्बन्धित खबर