Kanakai Online

दमकमा नेतृत्व विकास तालिम


आइतवार, असार १०, २०८० |

कनकाई अनलाईन
पठन सस्कृतिको विकास गर्ने उद्धेश्यका साथ १५ बर्षपहिले भेषराज न्यौपानेको अध्यक्षतामा स्थापना भएको डाईनामिक पब्लिक लाईबेरी अन्तर्गत रहेको डाईनामिक पब्लिक लाईबेरी नेसनल टिन्स बोर्ड दमकले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
टिन्स बोर्ड दमकका अध्यक्ष पुर्णिामा तिम्सिना को अध्यक्षतामा नेतृत्व विकास तालिम आयोजना भएको छ ।

उक्त कार्यक्रममा दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराईको प्रमुख आतिथ्य , विशिष्ट अतिथि डाइनामिक पब्लिक लाईबेरी नेपालका संस्थापक अध्यक्ष भेषराज नेउपाने , नेसनल बोर्डका अध्यक्ष बिनोद उप्रेती , अतिथि – बोर्ड उपाध्यक्ष अनु भन्डारी , महासचिव लक्ष्मी नेउपाने रहेको कार्यक्रममा डिपिएल बिराटनगरका अध्यक्ष प्रवेश दुलालले तालिम प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा डिपिएलका का विभिन्न शाखाबाट प्रतिनिधित्व रहेको थियो । दमकका विभिन्न विद्यालय तथा क्लब बाट सय जना भन्दा वढीको सहभागीता रहेको कार्यक्रम टिन्स बोर्ड दमकका महासचिव शुभम सिग्देलले संचालक गर्नुभएको थियो ।

सम्बन्धित खबर