Kanakai Online

पहिलो हाफमा नेपाल र भारत बराबर


शनिवार, असार ९, २०८० |

कनकाई अनलाईन
काठमाडौं – साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र भारत भिड्दैछन् । पहिलो हाफको खेल सकिंदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।

१७ औं मिनेटमा एरिक विष्टले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारे । कर्नरमा आएको रिबाउन्डलाई एरिकले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा गुरप्रित बाधक बनेका थिए । त्यसको केहीबेरमै मनिष डाँगीको पास केहि फितलो हुँदा विमल घर्ती मगर ६ यार्ड बक्सभित्र अवसरको सदुपयोग गर्नबाट बन्चित भए ।

४० औं मिनेटमा उदान्ता सिंहले दायाँ विंगबाट दिएको क्रसमा गोलरक्षक किरण चेम्जोङले एक हातले बल जोगाएपनि फार पोस्टमा महेश सिंह नाओरेम बलसम्म पुग्न सकेनन् ।

नेपालले पहिलो हाफको अन्त्यमा अन्जन विष्टको साथ गुमाएको छ । चोटका कारण उनी बाहिरिएसँगै मिडफिल्डर आवास लामिछाने मैदान प्रवेश गरेका छन् ।

आज सम्पन्न समूह ए को खेलमा कुवेतले पाकिस्तानलाई ४(० ले पराजित गर्यो । यसअघि पहिलो दिन नेपाल कुवेतसँग ३(१ ले पराजित हुँदा भारतले पाकिस्तानलाई ४(० ले नै हराएको थियो ।

सम्बन्धित खबर