Kanakai Online

कोटीहोमको साधरणसभामा कार्यसमितिनै उपस्थित भएनन १२ सय सदस्यमा ३८ जना भेला


शनिवार, असार ९, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिकाका संघ संस्थाहरुमा आफु अनुकुल नेतृत्वमा पुग्नका लागि आफै शुल्क तिरेर साधरण सदस्य र आजिवन सदस्य बनाउदा त्यसको असर संस्थाको साधरणसभामा परेको छ ।


यस क्षेत्रको प्रतिष्ठित मानिने कोटीहोम धार्मिक विकास संस्था साधरणसभा दोस्रो पटक पनि कोरम नपुगेर स्थगित भएको छ । जम्मा १२ सय सदस्य रहेको यस संस्थाको कोरम पुग्नका लागि ६ सय वढी सदस्य पुग्नुपर्नेमा कोटीहोममा मुस्किललले ३८ जना उपस्थिति रहेपछि यसपटक पनि साधरणसभा स्थगित भएको छ ।

कार्यसमिति समेत ३१ सदस्य रहेकोमा १८ जना मात्रै उपस्थित भएका छन । जवकि कार्यसमितिका सदस्यहरुनै साधरणसभामा उपस्थित नभएको पाइएको हो । अघिल्लो कार्यसमितिमा संसदीय निर्वाचनको झल्को दिनेगरि नेतृत्व नेतृत्वमा पुगेका कोटीहोम धार्मिक विकास संस्थाका पदाधिकारी र सदस्य र साधरण सदस्यहरु निर्वाचन भएपछि भने आफ्नो दायित्वबाट पछि हटेको पाइएको हो । शुक्रवार कोटिहवन धामको १६ औं साधारणसभा तथा १० औं अधिवेशन गणपुरक सङ्ख्या नपुगे पछि दोस्रो पटक पनि स्थगित भएको छ ।

यस अधि जेष्ठ १९ गते शुक्रबार आयोजना भएको साधारणसभा तथा अधिवेशनमा गणपुरक संङ्ख्या नपुगेपछी पुनः साधारणसभा बोलाउने भनी बन्द सत्रमा प्रवेश नगरि स्थगित गरिएको साधारणसभा दोस्रो पटक असार ८ गते शुक्रबार लाई पुनः आह्वान गरिएको थियो । दोस्रो पटकको सभामा पनि गणपुरक संख्या नपुगे पछी स्थगित गरिएको संस्थाका महासचिव डिल्लीराम बाह्रकोटीले जानकारी गराउनु भएको छ ।

दोस्रो पटक पनि साधारणसभामा अति न्यून उपस्थिती हुनुले धार्मिक संस्थामा नितान्त धार्मिक तथा सामाजिक भावनाले सदस्यता लिने भन्दा राजनीतिक प्रतिस्पर्धाको होडले सदस्यता लिनेहरुको संख्या अत्याधिक भएकोले पनि गणपुरक संख्या नपुगेको हुन सक्ने उपस्थित सदस्यहरुले विश्लेषण गरेका छन ।

दोस्रोपटकको साधारणसभामा समेत कार्यसमितिकै सदस्यहरु नआएपछि सभा स्थगित गरिएको र पुनः तेस्रोपटक साधारणसभा तथा अधिवेशन आह्वान गरिने संस्थाका अध्यक्ष नवल किशोर दत्तले जानकारी गराउनु भयो । विधान वमोजिम तेस्रोपटक वोलाईएको साधारणसभामा उपस्थित सदस्यनै गणपुरक मानिने र यो सभा अधिवेशन सहितको सभा चलिरहेकोले अब हुने सभामा अनिवार्य उपस्थित भई आफ्ना रचनात्मक सल्लाह सुझाव सहित आगामी ३ बर्षेकार्यकालको लागि सक्षम नेतृत्व चयन गर्नहुन संस्थाका सम्पूर्ण आजिवन तथा साधारण सदस्यहरुमा अध्यक्ष दत्तले अनुरोध समेत गर्नुभएको छ ।

अव हुने साधरणसभामा भने जतिजना उपस्थिति हुन्छन त्यतिलाईनै गणपुरक मानिने भएपछि यस पटक भने नयाँ नेतृत्वसहितको साधारणसभा हुने निश्चित छ ।

सम्बन्धित खबर