Kanakai Online

निरन्तर बर्षातका कारण झापाको मेचीनगरमा सञ्चालित धाइजन महोत्सव प्रभावित


शुक्रवार, असार ८, २०८० |

निरन्तर बर्षातका कारण झापाको मेचीनगर १४ मा सञ्चालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव प्रभावित भएको छ । अविरल बर्षातका कारण महोत्सव स्थलमा पानी जम्मा भएपछि हाल महोत्सव बन्द भएको हो ।

जिल्ला प्रशासनबाट प्रदान गरेको अनुमति जेठ ३१ गते नै सकिएपछि स्थानीयको चाहना बमोजिम आयोजक र ठेकेदारले पुनः २ पटक थप गरेर असार १० गतेसम्मको अनुमति लिएका थिए । बुधबार र बिहिबार परेको अविरल वर्षातले महोत्सव डुबानमा परेको छ ।

महोत्सव परिषरमा प्रयोग हुने सामाग्री सबै नोक्सान भएको ठेकेदार गणेश राउतले जानकारी दिए । उनका अनुसार संकलित पानी निकास नहुदा महोत्सवस्थलमै जम्मा भएर समस्या भएको छ । केहिदिन अघि स्थलमा जमेको पानी मोटर प्रयोग गरेर दिनभर पानी फाले । एकदिनपछि फेरि परेर समस्या भयो राउतले भने ।

सम्बन्धित खबर