Kanakai Online

नेपालको राष्ट्रिय फुटवल टिमलाई आयोजकबाट उर्तादैँ छौ , फुर्वा लामा उपाध्यक्ष सताक्षी गोल्डकप


सोमवार, कार्तिक २७, २०७४ |

भोलीदेखि झापाको चर्चित दोस्रो सताक्षी गोल्डकपको आयोजना झिलझिलेमा हुदैँ छ । नेपाल तथा पाहुना टोली भारतको डाईमण्ड अफ फुटवल टिम समेतको आयोजनामा हुने प्रतियोगितामा आयोजक टिमलाई समेत ससक्क्त बनाइएको छ । प्रस्तुत छ भोलीदेखि सुरु हुन गइरहेको सताक्षी गोल्डकपको तयारीका वारेमा केन्द्रित रहेर आयोजक समिति सताक्षीधाम स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी समेत रहनुभएका फुर्वा लामासग गरिएको कुराकानी । 

 
 
१) भोली देखि दोस्रो सताक्षी गोल्डकपको आयोजना हुदैँ छ , यसको तयारी कसरी गदैँ हुनुहुन्छ ?
तयारी लगभग हाम्रो सक्किसकेको छ । अन्तिम अवस्थामा पुगेको छ । हामी कसरी हुन्छ यो झापामा मात्रै नभएर यो फुटवलको वातावरण खेलाडीलाई कुन तरिकाले राम्रो भन्दा राम्रो बनाउँन सकिन्छ भन्नेकुरामा सचेत भएर लागेका छौँ । विविध समस्या चुनाव , चार्डपर्व लगायातका अप्ठ्यारामा बाबजुत पनि हामीले तयारीलाई देशकै नमुना बनाउने तर्फ विशेष ध्यान दिएका छौँ ।
२) तपाई खेलाडी पनि हो आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव कस्तो बनाउदैँ हुनुहुन्छ ?
हम्रो खेलकै प्रमुख लक्ष्य भनेकै स्तरीय खेल प्रदर्शन गर्नु यस क्षेत्रमा राम्रा राम्रा खेलाडीहरुको उत्पादन गर्नु र देशलाई सुम्पन्नु रहेको छ । यस खेलमैदानमा खेल्ने सयौँ अनन्त तामाङ्गहरु उत्पादन गरेर हामी राष्ट्रलाई दिन चाहान्छौँ ।
अहिले पनि एकाडेमीको सुरुवात नभएको अवस्थामा पनि हाम्रो चौरमा खेलेका स्तरीय खेलाडीहरु अहिलेपनि हामीसग रहेका छन । तरपनि हामीले खेलाउने मन हुदाहुदैँपनि हामीले धेरै खेलाडी साथीभाईहरुलाई सायदै खेलाउन नसकिएला किनभने अहिलेपनि उनीहरुको ग्यामको स्तर त्यो लेवलमा पुगिसकेको छैन ।
गोल्डकपमा नेशनल लेवलका खेलाडीहरु र सवै ए डिभिजनका टिमहरु रहेका छन । आयोजक टिमपनि शशस्क्त बनाउनलागि यसै क्षेत्रमा खेलेका हालका राष्ट्रिय खेलाडी अनन्त तामाङ्गलाई हामीले यसको वारेमा जिम्मा दिएका छौँ मलाई लाग्छ आयोजक टिमबाट खेल्ने खेलाडीहरुमध्ये ८ जना खेलाडी राष्ट्रिय टिमको सेट उर्ताने छौँ राष्ट्रिय खेलाडीसगै हाम्रा यस क्षेत्रका स्थानीय खेलाडीहरुलाई पनि समय हेरेर उचित स्थान दिदैँ जाने लक्ष्य राखेका छौँ ।
जुनकुराले यस क्षेत्रका स्थानीय खेलाडीहरुमा समेत आत्मवल वढ्ने छ । यसवाट दर्शकपनि कुनै
क्लवको ग्याम नभएर नेपालको राष्ट्रिय टिमको ग्याम टिभिमा मात्रै हेदैँ आउनुहुने दर्शक खासमा झापाली दर्शकको नेपालको राष्ट्रिय टिमको खेल यहि चौरमा आयोजकटिमबाट प्रस्तुत वगर्ने छौँ ।
जुन झापाली दर्शकका लागि अविश्वमरणीय हुने छ । आयोजक टिमको कप्तानी यसै चौरमा खेलेर हाल राष्ट्रिय टिममा फुटवल खेलीरहनुभएका अनन्त तामाङ्गले गर्दै हुनुहुन्छ । यस क्षेत्रका अन्य खेलाडीहरु केहिलाई अवशर र केहिलाई वैकलिपक खेलाडीका रुपमा राखेका छौँ । जस्तो संजित राई जस्ता सम्भावना वोकेका खेलाडीहरुलाई चाहि हामीले खेलमा अवशर दिर्दै जाने योजना बनाएका छौँ ।
३) आयोजक टिमको लक्ष्य के हो , सायद उपाधिनै रहला त्यसोभए ?
पक्कैपनि प्रत्येक टिमहरुको लक्ष्य त उपाधिको रक्षा नै गर्ने रहेको हुन्छ । हाम्रोपनि लक्ष्य उपाधिनै हो । पहिलो गोल्डकपमा पनि हामीले निक्कै मेहनत गरेर राम्रो टिम बनाएका थियौँ । अघिल्लो वर्ष कारणवश केहि सामान्य कमजोरीले गर्दा हामी उपाधिबाट बाहिर रह्यौ । पहिलेकै जोशमा सवै खेलाडीहरु रहेका छन ।
दाजु हामी जसरी भएपनि राम्रो खेलैरै हामीले यसपटकको सताक्षी गोल्डकप जित्ने छौ भनेर भनिरहेका छन । अघिल्ला संकरणबाट हामीले थप पाठ सिकेर यस गोलडकपमा खेलमा व्यापक सुधार गर्ने लक्ष्य हामीले जो राखेका छौँ ।
४) गोल्डकप आयोजना गर्नुको मुख्य उद्धेश्य चाहि के रहेको छ ।
हामीले गोल्डकपको मुख्य उद्धेश्य यस ठाउँको परिचय खेलाडी उत्पादन गर्ने थलो खेलको रमणिय स्थल भनेर विश्वसामु परिचित गराउनु रहेको छ भने दोस्रो लक्ष्य भनेको यस ठाउँमा राज्यको ध्यान तानेर सुविधा सम्पन्न फुटवल एकाडेमी रङ्गशालाको निर्माण गर्नु रहेको छ । अहिलेपनि हाम्रो गाउँघरमा गोल्डकप खेलेर ग्याम खेलेर के हुन्छ भन्ने गरिएको छ । एउटा ए डिभिजनको खेल खेल्ने खेलाडीले पनि साधरण परिवारको गुजारा गर्न नसक्ने अवस्था रहेको छ ।
एन्फाको अवस्था पनि दयनीय रहेको छ । त्यो अवस्थालाई मध्यनजर गरेर हामीले गाउँ गाउँका खेलाडीका समस्यालाई पनि सम्बोधन होस भन्ने चाहन्छौ ।
खेलका मुख्य पदाधिकारीहरु त गाउँमा जादैँनन , उनीहरुका समस्या त ज्युका त्यु रहेका छन हामीले गाउँका खेलाडीका समस्याहरुलाई पनि निराकरणका लागि पहल गर्ने र यसको दवाव सम्बन्धित निति निर्माताकामा पुर्याउने पनि मुख्य रहेको छ । अझैँपनि कसैले फुटवल खेलेर के हुन्छ भनेर कुनै खेलाडीलाई सोध्यो भने त्यस प्रश्नको उत्तर ती खेलाडीहरुसग छैन ।
उनीहरुसग राष्ट्रिय खेलाडी बन्ने भन्ने लक्ष्य र आट त हुन्छ तरपनि परिवारले गर्ने यस प्रकारका प्रश्नले गर्दा उनीहरुमा खेल मैदानमा छिर्नु पहिलेनै हत्योसाइत बन्ने गरेका छन ।
हाम्रो लक्ष्य चाहिँ किन फुटवल खेल्ने भन्ने परिवारसग त्यो बच्चाले सोझैँ उत्तर दिन सकोस भन्ने वातावरणको निर्माण गर्ने हाम्रो लक्ष्य छ ।
अर्को कुरा हाम्रो समाजमा अझैँपनि धेरै युवापुस्ताहरु अझैपनि कुलतमा परेका छन खेलका माध्यमबाट त्यस कुलतमा लागेका युवालाई हामीले सहि बाटोमा ल्याएर सम्मुनत र कुलतविहिन समाज बनाउने पनि हाम्रो लक्ष्य रहेको छ ।
हाम्रो गोल लागु औषध विरुद्धको बोल भन्ने नारा हामीले यस गोल्डकपमा तय गरेका छौँ । हामीले बुझ्नुपर्ने कुरा खेलकुद मात्रै यस्तो चिज हो जसले समाजमा आमुल परिवर्तन ल्याउँछ । शिक्षा जति महत्वपुर्ण हो खेलकुद पनि त्यतिनै हामीलाई महत्व खेलको रहेको हुन्छ हाम्रो मुख्य लक्ष्य कुलतरहित समाज बनाउनुरहेको छ ।
५) अघिल्लो संकरणको विजेता नेपाल पुलिस यसपटकको खेलमा आएन यसवारेमा तपाईँ के भन्नुहुन्छ ?
यसवारेमा हामीले झापामा जतिपनि खेल गोल्डकपहरु संचालन गरेका छौ भने एन्फाबाट स्वीकृती लिएर गरिरहेका छौँ । नेपालमा फुटवल सग सम्बन्धित ठुलो निकाय भनेकै एन्फा हो , राखेप सगपनि हामीले समन्वय गरेरै यस गोल्डकपको आयोजना गरको हो । हामीलाई उहाँहरुले दिएको सेड्युल अनुसार हामीले खेलको आयोजना गरेका हौँ ।
कुन आधारले हामीलाई दिएको सेड्युल अरुलाई पनि दिनुभयो हामी अच्चमीत भएका छौँ , मैँले जान्दाचाहि यो एकदम ग्रैह्रजिम्बेवार काम हो , यस्ता गतिविधिले समग्र खेल क्षेत्रलाई नै हानी पुर्याउछ । यहि सेड्युल विग्र्रदा पनि हामी आर्थिक पाटो प्राविधिक पाटोमा लाग्नुपर्ने आयोजकपनि यसैमा लामो समय अल्मलिदा हामीलाई धेरै तनाव पनि दिएको छ ।
हामीले गर्ने यस गेमहरुले एन्फालाई हामीले सहयोगनै गरिरहेका छौँ किनभने अहिले कुर्नैपनि लिग नभइरहेको अवस्थामा खेलाडीहरु यहि आन्तरिक ग्यामको भरमा प्रतिस्पर्धा गरिरहेका छन । एन्फाले अर्कोपनि गोल्डकप चन्दागिरी गोल्डकपसग हाम्रो मिति जुदाईदिएको कारणपनि पुर्व विजेता टिम भएर पनि पुलिस टिम हामीसग आउन सकेन तरपनि थ्री स्टार , मनाङ्ग , आर्मी , झापा ११ जस्ता उत्कृष्ट टिमहरु हामीसग रहेका छन ।
६) सरकारी पक्ष सरोकारवाला निकायसग तपाईहरुको माग केहि छ ?
मेरो सम्बन्धित निकायसमक्ष सरकार सग के माग छ भने हामीले पहिलेदेखि खेलीआएको खेलमैदान चाहि अहिले एउटा संस्थाको नाममा आएको छ । त्यो संस्थापनि यस ठाउँको उत्थान र विकास गर्न नै आएको हो ।
र हाम्रो एउटा निश्चित खेलमैदान छैन । राष्ट्रिय खेलाडी उत्पादन गरिरहेको यस क्षेत्रमा हाम्रो एउटा खेल्ने ग्राउण्ड छैन यसकुरालाई बुझेर सम्बन्धित निकायले यस क्षेत्रका खेलाडीका लागि भन्दापनि सम्रग देश र समाजका लागि एउटा फुटवल ग्राउण्ड उपलब्ध गराइदिनुभयो भने राज्यले अवलम्बन गरेको स्माट सिटीको अवधारणा पुरा हुने थियो ।
दमकमै पनि हालसम्म एउटा पनि फुटवल चौर छैन । त्यसठाउँमा वृद्धवृद्धाहरु मनिङ्ग वाक जानुपर्यो भने सडकको पेटीमा हिडनुपरिरहेको छ । कराते खेलाडीहरुले खेतका गह्रा खोला डिलमा अभ्यास गर्नुपरेको छ ।
दमकमा गोल्डकप त गराउँदै हुनुहुन्छ तर उचित खेलमैदानको अभावमा चारतीर भौतारिदै हुनुहुन्छ , भोली आएर त्यो अवस्था यहाँपनि आउन सक्छ जसकारणपनि यहाँ अहिलेनै त्यस कुराको तयारी गर्नु आवश्यक रहेको छ । भोली गएर हामीले गोल्डकप खेलाउदा कोहिसग मैदानको ताला माग्न जानुपर्ने , कोहिसग स्वीकृति लिनुपर्ने कसैको दैलो घचघचाउनुपर्ने अवस्था आउन सक्छ । मेरो सम्बन्धित निकाय समक्ष एउटा सुविधा सम्पन्न खेल मैदान बनाउन पुग्ने जमिन हामीलाई उपलव्ध गराइदिनुभयो भने त्यो समस्या आउँदैँन ।
७) अन्त्यमा झापाली दर्शकलाई तपाई के भन्नुहुन्छ ?
खसमा झापाली दर्शकलाई म जहिलेपनि सलुट गर्दछु । अघिल्लो वर्ष हामीमा कतिपय कमिकमजोरी रहेको हुनसक्छ तरपनि हामीले हज्जारौँ दर्शकले फुटवल हेरिदिनुभयो । यस वर्षपनि हामीले गरेको मेहनत खेर जाने छैन । झापाली तथा मोरङ्ग सुनसरीका दर्शकहरुले हामीलाई पहिलाकाझैँ माया गरिदिनुहुनेछ दर्शकको साथ पाएरनै हामी यो गोल्डकप सफल बनाउँछौ भन्दै फेरिपनि यहि कार्तिक २८ गतेदेखि मंसिर ७ गतेसम्मको फुटवल ग्याम हेरीदिनुुनेछ भन्ने आशा र विश्वास लिन चाहन्छु ।
प्रस्तुती . लीलाराज झापाली /कनकाई अनलाईँन
 

सम्बन्धित खबर