Kanakai Online

राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई ३ को रक्तदानमा ७५ पिन्ट रगत संकलन


मङ्गलवार, असार ५, २०८० |

कनकाई अनलाईन
राष्ट्रिय स्वतन्त्र पाटी कनकाई ३ ले आफ्नो पार्टीको प्रथम स्थापना दिवशमा आज सुरुङ्गामा रक्तदान कार्यक्रम गरेको छ । दमक रेडक्रसको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदानमा ७५ पिन्ट रगत संकलन भएको पार्टीका कनकाई ३ का सभापति रमेशचन्द्रबाबु मैनालीले बताउँनुभयो ।

“रगत दाननै जिवन दान” भन्ने मुल नारालाई आत्मासात गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ७५ जनाले रगत दान गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी देशमा चौथो ठुलो पार्टी भएपनि कनकाई नगरपालिकाको भने पहिलो ठुलो पार्टी हो । पहिलो पार्टी हुनुको नाताले नगरमा अन्य पार्टीलाई समेत सवक सिकाउने हिसावले आफ्नो पार्टीको स्थापना दिवशमा रक्तदान कार्यक्रम गरेको पार्टीका वडासभापति मैनालीले कनकाई अनलाईनलाई बताउँनुभयो । पार्टीले नगरक्षेत्रभित्र निरन्तर रुपमा खबरदारीको कामहरु समेत गर्दै आएको मैनालीले बताउँनुभयो ।

“देशका अस्पतालहरुमा रगत अभाव भइरहेकोबेला पाटीले आफ्नो बार्षिकोत्सवको अवसरमा समाज प्रति उत्तरदायी हुदै हामीले गरिएको रक्तदानले केही राहात पुगोस , थोरै बिमारीले भएपनि अकालमा ज्यान गुमउन नपरोस्” भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको पाटीका कनकाई नगरपालीका ३ का मैनालीले वताउनु भएको छ ।

कार्यक्रममा पार्टीका क्षेत्रीय सदस्य बिमल मैनाली , शम्भु ढकाल सुस्केरा , गोमादेवि निरौला , कनकाई नगर सभापति नन्दकुमार चुडाल , उप सभापति सुजता निरौला , नगर सचिव मोहन थापा नगर कोषाध्यक्ष सुमन ढकाल , पाटी सदस्यहरु वसन्त बिमली , ज्ञानेन्द्र पाण्डे , रेवत खवास, कवि प्रसाईं अग्नि प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सुरुङ्गा मेडिसिन तथा चन्द्रोदय क्लिनिकको समेत सहआयोजनामा रक्तदान गरिएको हो । अन्य पार्टीले समेत रचनात्म कामहरु गरेमा सहयोग गर्ने सुरुङ्गा मेडिसिनका संचालक यज्ञराज कार्कीले बताउँनुभयो ।
उक्त पार्टीले कनकाई ३ ले उज्यालो नगरिको अभियानलाई समेत अगाडि बढाउदै आएको छ ।

सम्बन्धित खबर