सुदर्शन खतिवडा
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई गत १ असार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि भट्टराई उत्साहित बने। ‘।।बृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी, बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह १’, बाबुरामले लेखेको यस्तो स्टाटसबाट उत्साह लुकेको थिएन।
निकटवर्तीहरुका अनुसार, पछिल्लो समय प्रचण्डसँग बाबुरामको संवाद टुटेको थियो। तर त्यसदिन प्रधानमन्त्री प्रचण्डसँग बाबुरामले बालुवाटार पुगेरै समाजवादी मोर्चाबारे कुराकानी गरे।
नेपाल समाजवादी पार्टी ९नेसपा० बाहेक चार दलको मोर्चा चर्चा भइरहेका बेला बालुवाटारमै भेट्न आएका बाबुरामलाई प्रचण्डले अलग हुनेबारे नसोच्न आग्रह गरेका थिए।
स्रोतका अनुसार, प्रचण्डले उल्टै बाबुरामसँग प्रतिपश्न गरे, ‘समाजवादी शक्तिको भिजनकर्ता नै तपाईं, तपाईंले देखाइरहेको बाटोमा हामी हिंडिरहेका छौं, तपाईं छुट्ने कुरा हुन्छ रु’
निकटवर्तीहरुलाई भेटपछि बाबुरामले नै सम्झाउने गरेका थिए। ‘मोर्चाको सामान्य ड्राफ्ट बनेको हो, त्यसलाई मिलाएर लगौंला’ प्रचण्डको भनाइ बाबुरामले भन्ने गरेका थिए ।
तर आज ४ असार अपराह्न समाजवादी मोर्चा, नेपाल घोषणा हुँदा भट्टराई बाहिर रहे।
बाबुरामको समाजवाद सपना
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजन भएपछि प्रचण्ड समाजवादी मोर्चा निर्माणको निष्कर्षमा पुगेका हुन्। अढाइ वर्षे गृहकार्यपछि प्रचण्ड सफल भएका छन्।
तर परम्परागत पार्टीहरुकै विकल्पमा समाजवादी शक्तिको आवश्यकता रहेको घोषणा बाबुरामले २०७२ को संविधान जारी हुनासाथ गरेका थिए।
९ असोज २०७२ मा माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा गठित नयाँ शक्ति पार्टीको कार्यक्रम मध्ये एक थियो, समाजवाद । त्यसलाई बाबुरामले पाँच ‘स’ को विचारमा पहिलो ‘स’, अर्थात् सम्मुन्नत समाजवाद भनेका थिए ।
‘शान्तिबाट संविधान, संविधानबाट सुशासन, सुशासनबाट समृद्धि र समृद्धिबाट समाजवाद’, नारालाई पाँच ‘स’को व्याख्या गर्दै बाबुरामले भनेका थिए, ‘यसमा राष्ट्रिय सहमति गरौं र बनाऔं नयाँ नेपाल।’
त्यसअघि तत्कालीन माओवादी सशस्त्र जनयुद्धमा रहँदा पनि बाबुरामले संविधानसभाको निर्वाचनमार्फत् शान्ति प्रक्रियामा आउने बाटो देखाएका थिए। संविधान निर्माणको समेत नेतृत्व गरेका उनले नयाँ संविधान जारी भएसँगै संविधानको लक्ष्य परिवर्तन भएको भन्दै समुन्नत समाजवादमा जानुपर्ने बताउँदै आएका थिए।
माओवादी छाडेपछि बनाएको नयाँ शक्तिको पाँच ‘स’को भिजनमा उनले समुन्नत समाजवादलाई एक प्रमुख लक्ष्य बनाएका थिए भने त्यसपछि उनी आबद्ध सबै पार्टीको नाममा समाजवाद जोडिएको छ।
हालसालै बसेको नेसपाको केन्द्रीय समिति पूर्ण बैठकले नयाँ समाजवादी शक्ति निर्माणमा विभिन्न विकल्प खुला राखेको थियो। बैठकले पारित गरेको दस्तावेजमा भनिएको छ, ‘नयाँ ढंगको समाजवादी व्यवस्था स्थापना गर्न नयाँ ढंगको समाजवादी शक्तिरपार्टी अनिवार्य आवश्यकता हुन्छ। त्यो शक्ति कसरी निर्माण गर्ने ?
दस्तावेजमा केही विकल्प अगाडि सार्दै भनिएको छ, ‘अहिले भएका मध्ये कुनै एक्लै त्यो शक्ति बन्ने कि रु भएकामध्ये सबै वा केहीले रुपान्तरणसहितको एकीकरणरध्रुवीकरण गरेर त्यस्तो नेतृत्वदायी शक्ति निर्माण गर्ने कि रु अथवा बिल्कुलै नयाँ शिराबाट नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्ति निर्माण गर्ने रु’
तर एकीकरणरध्रुवीकरणमा उनी अटाउन सकेनन्। अब उनीसँग बाँकी विकल्प छ(‘एक्लै त्यस्तो शक्ति बन्ने।’
नारायणकाजीपछि उपेन्द्र देखाइयो
प्रधानमन्त्री प्रचण्ड, चुनाव अगाडि बाबुराम निवास टोखा बाक्लै धाउँथे। परिणाम, बाबुरामले प्रचण्डका लागि गोरखा छोडे। त्यही अवधिमा एकअर्काले प्रसंशामा भाषणबाजी गरे। आरोप(प्रत्यारोप र खिसीटिउरीका तीता श्रृङ्खला परै राखेर उनीहरूले सार्वजनिक मञ्चबाट एकले अर्कोलाई अतिशयोक्तिपूर्ण प्रशंसाका साथै पत्यारै नलाग्ने ‘त्याग’ पनि गरे ।
माओवादीको बहुचर्चित चुनबाङ बैठकमा जस्तै दुई नेताहरू एकअर्कामा विलय नै भएका हुन् रु भन्ने प्रश्न पनि उठे।
निर्वाचन सकियो। प्रचण्ड(बाबुरामको सम्बन्ध उत्तिकै रफ्तारमा पातलिन थाल्यो, जुन रफ्तारमा चुनाव अघि बाक्लिएको थियो। पार्टी एकता गर्ने, समाजवादी केन्द्र बनाउने उधारो सहमति अधुरै रहने संकेत देखिन थाल्यो।
उच्च स्रोतका अनुसार, बाबुरामले समाजवादी केन्द्र बनाउने छलफल गर्दा प्रचण्डले पार्टीका दोस्रो वरीयताका नेता नारायणकाजी श्रेष्ठले नमानेको तर्क गर्थे।
त्यसपछि भट्टराईले नेता श्रेष्ठलाई आफ्नै निवास टोखा बोलाए। त्यो भेटमा बाबुरामको प्स्ताव थियो, ‘म समाजवादी केन्द्रका लागि विचार केन्द्रित काम गर्छु, प्रचण्डपछि पार्टी तपाईं चलाउनुहोला, गोरखाबाट पनि तपाईं नै उठ्नुहोला। तर समाजवादी केन्द्र बनाऔं, अहिलेको आवश्यकता यही हो ।’
यस्तो प्रस्ताव प्रचण्डकै सहमतिमा गरिएको बाबुराम निकट एक नेता बताउँछन्। तर सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म, समाजवादी मोर्चादेखि राष्ट्रिय महत्वको मुद्दामा प्रचण्ड र बाबुराम भएको देखिएन।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे त बाबुरामले सार्वजनिक टिप्पणी नै गरे। जबकी नयाँ दिल्ली जानु अगाडि समूहगत भेटवार्ता गर्न बाबुराम बालुवाटार पुगेका थिए।
अहिले समाजवादी मोर्चामा बाबुराम नसमेटिनुको कारण भने जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव भएको तर्क नेताहरुले गरेका छन्। यादव पनि देखिने गरी मोर्चामा भट्टराईलाई स्वीकार्ने पक्षमा छैनन्। ‘माओवादी नेताका रूपमा हामी भट्टराईजीलाई स्वीकार्न तयार छौं, तर समाजवादी पार्टीका रूपमा स्वीकार्दैनौं,’ जसपाका एक नेताले अनलाइनखबरसँग भने।
नेकपा प्रवेश र बहिर्गमनको त्यो दृश्य
यसअघि २०७४ सालमा वाम एकता घोषणाको समयमा पनि भट्टराईको प्रवेश र बहिर्गमन लगभग यस्तै थियो। प्रचण्ड पक्षबाट कुनै रेस्पोन्स नभइरहेको बेला त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बाबुरामलाई वाम गठबन्धनमा सहभागी हुन बोलाएका थिए।
भर्खरै माओवादी त्यागेर आफ्नै नेतृत्वमा पार्टी बनाएका भट्टराईलाई प्रचण्डले बोलाउने संभावना पनि थिएन। तर अन्तिम समयमा ओलीको प्रस्ताव स्वीकारेर वाम गठबन्धनको पक्षमा उभिएका बाबुराम धेरै दिन त्यो निर्णयमा रहेनन्।
गृह जिल्ला गोर्खाबाट टिकट नपाउने परिस्थिति बनेपछि भट्टराई गठबन्धनबाट बाहिरिए। यसपटक पनि भट्टराईले पुरानै नियति बेहोरे। तर, यसपटक मोर्चामा प्रवेशै नपाएकाले बाहिरिनु परेन।
प्रचण्ड अहिले पनि बाबुरामसँग पार्टीभित्र असहज परिस्थिति सिर्जना गर्नसक्ने डरका कारण सँगै रहन नचाहिरहेको नेसपा नेताहरूको बुझाइ छ। एक नेताका अनुसार, पार्टी एकताका लागि प्रयास गरिरहेका नेसपा नेताहरूलाई प्रचण्डले ‘तपाईंहरू पार्टी प्रवेश गर्नुस्, बाबुरामजीलाई पछि समेटौँला’ भन्ने जवाफ दिने गरेका छन्।
तर लामो समयसम्म बाबुरामलाई साथ दिँदै आएका ती नेताहरू बाबुराम बिना प्रचण्डसँग जान आँट गर्न सकिरहेका छैनन्।