Kanakai Online

झापाली दर्शकको अपार माया हामीमा रहनेछ ८१ लाख संकलन गर्ने छौँ ! गणेश प्रधान सताक्षी गोल्डकप


आइतवार, कार्तिक २६, २०७४ |

फुटवलको उर्वर भुमि झापामा आगामी कार्तिक २८ गतेदेखि मंसिर ७ गतेसम्म झापाको धार्मिक पर्यटकिय क्षेत्र शिवसताक्षी नगरपालिका ११ झिलझिलेमा दोस्रो सताक्षी गोल्डकपको आयोजना गरिएको छ । स्थानीय सतासीधाम स्पोटिङ्ग क्लवको आयोजना तथा शिवसताक्षी नगरपालिकाको संयोजनमा ९ दिनसम्म चल्ने फुटवल प्रतियोगितामा नेपालका उत्कृष्ट ए डिभिजनको क्लव तथा मित्रराष्ट्र भारतबाट समेत पाहुना टोली डाईमण्ड अफ फुटवल एकाडेमी मध्यप्रदेशले सहभागि गराइएको छ । प्रतियोगिताको मिति नजिकिदै गएको वेला आयोजक समितिका आर्थिक समिति संयोजक समेत रहनुभएका गणेश प्रधानसग हामीले गोल्डकपको तयारीवारे कुराकानी गरेका छौँ । 
१) दोस्रो सताक्षी गोल्डकपको तयारी कसरी गर्दै हुनुहुन्छ ?
गेल्डकपको तयारी अहिले लगभग सकिएको छ । आज उद्घाटन खेलका लागि पोखरा ११ को टिम झापा लागिसकेको छ । टिमलाई हामीले यहि तथा सुरुङ्गा , दमक विर्तामोडका विभिन्न होटलमा राख्ने प्रवन्ध मिलाएका छौ । हामीले झापामा अन्य क्षेत्रमा हुने गरेका गोल्डकपको तुलनामा कच्ची ठाउँमा प्याराफिट निर्माण गरेर बनाइएका प्याराफिटमध्ये उत्कृष्ट प्याराफिट निर्माण गर्ने जर्मको गरेका छौ । अरु भन्दा दर्शकलाई वसेर हेर्न तथा सुरक्षाका दृष्ट्रिकोणबाट समेत हाम्रो तयारी राम्रो छ । नेपालकै उष्कृष्ट प्याराफिटको निर्माण गर्ने हाम्रो लक्ष्य छ । झार काट्ने काम समेत लगभग सकिएको छ । अघिल्लो वर्षभन्दा यसवर्ष खेलमैदानलाई प्राविधिक तथा साजसज्जाका हिसावले समेत हामीले कुनै कन्जुस्याँई नगरेको म सम्पुर्ण खेलप्रेमी दर्शकलाई जानकारी गराउँन चाहन्छु ।
२) कति दर्शकले सताक्षी गोल्डकपको अवलोकन गर्ने अनुमान गर्नुभएको छ ?
हामीले निर्माण गरेको प्याराफिटकै क्षमता भनेको दैनिक ६ हजार दर्शक अटाउन सक्ने हो हरेक दिन प्याराफिट भरिएको खण्डमा ९ दिनमा ५५ हजार भन्दा वढी दर्शकले हाम्रो गोल्डकपको अवलोकन गर्ने हामीले लक्ष्य राखेका छौँ ।
अन्य जिल्ला भन्दा झापाका दर्शकहरुले फुटवल खेललाई माया गर्ने गर्नुभएको छ , अझ हामीले छिमेकी मुलुक भारतबाट समेत दर्शकहरु फुटवल हेर्न आउने लक्ष्य राखेका छौँ ।
३) तपाईँ गोल्डकपको आर्थिक संयोजक पनि हो खर्चको जोहो कसरी गर्दै हुनुहुन्छ ? के कती आम्दामी र खर्च हुर्दैछ गोल्डकपमा ?
हम्रो जस्तो ठाउँमा ठुल्लठुल्ला कम्पनी उद्योग धन्दाहरु छैन , नाम चलेका कम्पनीहरु प्नि झापाको विर्तामोड र दमक मात्रै ठाउँ हो भनेजसरी हामीलाई विभेद गर्ने गर्नुभएको तितो सत्य छ ।
अघिल्लो वर्षपनि निम्न प्रायोजकहरुकै भरमा पनि हामीले दर्शक र खेलप्रेमीहरुकै मायाबाट हामीले गोल्डकप सफल बनाएका थियौँ । अप्रेक्षा गरेभन्दा हामीले वढीनै रकम संकलन गरेका थियौँ । यसपालीपनि हामीले अघिल्लो संकरणमा सहयोग गर्ने दाताहरु त्था थप अन्य दाताहरुको समेत सहभागितामा हाम्रो लक्ष्य पुरा गर्ने सोच बनाएका छौँ ।
दशवटा टिमको सहभागिता रहेकाले यसवर्ष हाम्रो खेलखर्च पनि वढने भएको छ । हामीले यसवर्षदेखि पुरस्कार राशीमा समेत भारी वृद्धि गरेर प्रथम पुरस्कार राशीनै हामीले ५ लाख बनाएका छौँ । अघिल्लो वर्षको संकरणमा हाम्रो ३४ लाख खर्च भएको थियो यसवर्ष खर्चमा जति मितव्ययीता अपनाएपनि हाम्रो कम्तीमा ४५ लाख रुपैँया खर्च गर्ने पर्ने हुन्छ ।
तर हामीले सेडुयलमा ४९ लाख खर्चहुने भनेर बनाएका पनि छौ तर हामीले खर्चमा अत्यान्त मितव्ययीता अपनाएका छौ , चिया नास्ता तेल जस्ता अत्यावश्यीय कुराहरुमा समेत हामीले सवै आयोजकहरुका साथीहरुले गोजीबाटनै खर्च गर्दै आएका छौँ । हामीले ८१ लख रुपैँया संकलन गर्ने लक्ष्य बनाएका छौँ ।
जहाँसम्म लाग्छ हामी हाम्रो लक्ष्यमा पुग्ने छौँ । खर्च कटाएर हामीले ३१ लाख रुपैँया जति वचत गर्ने लक्ष्य समेत बनाएका छौ । हामीलाई स्थानीय निर्वाचन , त्यसपछि वाढी पहिरोले देशमा संकट आउँदा सहयोग गर्ने व्याक्तिहरुले पनि त्यसतर्फ सहयोग गर्दा सहयोग गर्ने भावना हुदापनि ती समाजसेवीहरुले त्यहा सहयोग गर्दा त्यहापनि भार पर्यो ।
दशैँ तिहार देउसी भैँली यसमा समेत धेरैको खर्चभएको छ उहाँहरुलाई सहयोगको मन भएरपनि समस्या परेको छ यतिहुदापनि हामी हाम्रो लक्ष्यमा पुग्ने कुरामा आशावादी छौँ । यस्तो वेलामा एन्फाले हामीलाई सेड्युल पठाएको हुदा केहि समस्यात भएको छ तरपनि अप्ठ्यारोको विचमा पनि हामी लक्ष्यमा पुग्न प्रयासरत्त छौँ ।
४) गेटमनी तथा सहयोगी दाताहरुबाट कति सहयोगको अप्रेक्षा राख्नुभएको छ ?
हाम्रो ठाउँमा स्पोन्सर गर्नका लागि ठुल्ठुल्ला कम्पनीहरु छैनन । यस झिलझिले भन्ने ठाउँ सानो क्षेत्र हो भन्ने कतिपय कम्पनीहरुमा छ । तर कम्पनीहरुले विर्तामोड दमक हरुमा डिलर दिने गर्छन तर ती कम्पनीका उपभोक्ताहरु हम्रो जस्तो ठाउँमा रहेका छन शहरका उपभोक्ताहरु अन्यत्र सामान खरिदका लागि जानेगर्छन त्यहाँका उपभोक्ताहरु ीवदेशी सामान खरिद गरेर प्रयोग गर्ने गरेका छन ।
ती कम्पनीका सामान विक्रिहुनेभनेका हाम्रै ठाउँमा हो त्यतिकुरामात्रै कम्पनीका डिलर तथा प्रतिनिधिले मात्रै बुझिदिने हो भने हामीलाई खेलका लागि धेरै राहत हुने थियो । गेटमनि अघिल्लो संकरणबाट हामीले १० लाख उठाएका थियौँ । यसवर्ष हामीले २० लाख संकलन गर्ने लक्ष्य जो हामीले राखेका छौँ ।
५) गोल्डकप खेलाउनको प्रमुख लक्ष्य चाहिँ के हो ?
प्रमुख लक्ष्य भनेको हामीले यो शिवसताक्षी भन्ने झिलझिले भन्ने ठाउँलाई देश तथा परदेशमा परिचित गराउनुनै रहेको छ । यस ठाउँलाई चिनाउने आधारहरु साहैँ कम भए एउटा भएको सताक्षीधाम पनि उप्रेक्षितकै रुपमा रहेको छ , हामीकाँहा भएका नेताहरुपनि राष्ट्रिय महत्व बोक्ने देश विदेशमा परिचितहुनसक्ने नेताहरुपनि हुनुहुन्न त्यसकारण हामीले यस ठाउँलाई विश्वसामु चिनाउन सक्ने भनेकै खेलाडी जन्माउने ठाउँ भनेर चिनाउने हो ।
नेपालका राष्ट्रिय खेलाडीहरु सयौँ हामी यस चौरीबाट जन्माउन चाहन्छौ । हाम्रौ चौरबाट अहिलेका राष्ट्रिय खेलाडी अनन्त तामाङ्गलाई जन्मायौँ हामी सयौँ अनन्त तामाङ्गहरुलाई जन्माएर देशलाई जिम्मा लगाउन चाहान्छौँ । खेलकै माध्यमबाट राज्य तथा विश्वको ध्यान यस ठाउँमा केन्द्रित गर्ने र यस क्षेत्रमा राष्ट्रिय रङ्गशालाको निर्माण गरि नियमित प्रशिक्षण तथा खेलाडी उत्पादन र खेलकै माध्यमबाट यस ठाउँलाई विश्वमाझ परिचय दिलाउनु हाम्रो प्रमुख लक्ष्य रहेको छ ।
६) अघिल्लो संकरणभन्दा यस संकरणमा त्यस्तो फरक के पाउनेछन दर्शकले ?
अघिल्लोवर्ष हामीमा अनुभवको कमि थियो । हामीले अरु तीरको गोल्डकप हेरेरै हामीले प्रतियोगिताको आयोजना गरेका थियौँ । पहिलोचोटी भएपनि हामी सफलनै भएका थियौँ । यसपटक हामीसग अघिल्ला संकरणको अनुभव हामीसग त छ तरपनि विभिन्न चुनाव चार्डवाड लगायतले हामीलाई केहि असजिलो पनि बनाएको छ ।
तर प्याराफिटमा सायद कच्ची प्याराफिटमा सायदै नेपालमै यस्तो मिहनेत र यतिको लगानी गरेर बनाएको भेटनुहुन्न । टिमहरुमा समेत हामीले देशकै चर्चित टिमहरु मनाङ्ग , आर्मी , थ्री स्टार , झापा ११ , एपिएफ तथा पाहुना देशको समेत चर्चित टिम खेलमा सहभागि हुने हुदा दर्शकले आफुहरु ठगिएको महसुस गर्नुपर्ने छैन । यसको म ग्यारेन्टी दिन्छु । कोहिपनि दर्शक खेल हेरेर वाहिरिदा निराश बन्नुपर्ने छैन ।
७) शिवसताक्षी नगरपालिकाले प्रथम पुरस्कारको आयोजना गरिदिएको छ बाकी दाताहरुले के कति सहयोग गर्नुभएको छ ?
यो गोल्डकप हामीले एउटा संस्था वा व्याक्ति भन्दापनि सम्पुर्ण नगरवाशीकै आयोजनामा खेल संचालन गर्न लागिरहेका छौँ , यस नगरपालिकामा एउटा गोल्डकप खेलायौँ ,जुन हामी सवै शिवसताक्षी नगरवाशीको गोल्डकप बनाउँ भन्ने तयाका साथ हामी जुटेका छौँ । सवै नगरवाशीको भावनालाई समेटने गरि हामीले सताक्षी गोल्डकपको नामाकरणनै गरेका हौँ ।

नगरपालिकाको संयोजनमा सवै नगरवाशीकै आयोजनामा हामीले यस प्रतियोगिताको आयोजना गर्दै छौँ । नगरपालिका मात्रै नभएर सयाँै दाताहरुको लामै लिस्ट मसग रहेको छ । देशविदेशका साथीहरुले पनि हामीलाई सहयोग गरिरहनुभएको छ ।
८) अन्त्यममा झापाली दर्शकलाई के भन्न चाहानुहुन्छ ?
अन्त्यमा म झापावाशी फुटवल प्रेमी दर्शकहरुलाई अघिल्लो वर्षकार्झै यसवर्षपनि हाम्रो खेलमैदानसम्म आइदिएर खेल अवलोकन गरिदिएर हामीलाई हौसला दिनुहोस । केहि कमीकमजोरी भएमा सच्चीने मौका वा सल्लाह सुझाव दिनुहोस हामी फेरिपनि तपाईहरुको सल्लाह सुझाव बमोजिङ्ग अगाडि वढ्ने छौ भन्न चाहन्छु ।
प्रस्तुती \ लीलाराज झापाली \कनकाईँ अनलाईन

सम्बन्धित खबर