Kanakai Online

आहाराका लागि हात्ती गाउँ पस्न थालेपछि, झापामा थालियो वनभित्रै हात्तीको आहाराका लागि वृक्षरोपण


सोमवार, असार ४, २०८० |

कनकाई अनलाईन
झापामा जंगली हात्तीको बथान गाउँमा पसेर कृषको फसल खाने घर भत्काउने लगायातका गतिविधि गर्न थालेपछि जंगली हात्तीलाई जंगलमै रोक्नका लागि झापाका सामुदायिक वन क्षेत्रभित्र हात्तीको आहाराको जोहोका लागि जंगलभित्रै हात्तीको आहाराको व्यवस्थापनको लागि हात्तीको खानेकुराका लागि बृक्षरोपण गर्ने कार्य शुरु गरिएको छ ।

जिल्लाका सामुदायिक वन क्षेत्रभित्र जलाशय निर्माण गर्ने र हात्तीको आहाराका लागि हात्तीले मन पराउने केरा तथा बाँस रोपण गर्न थालिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवलमा रहेको दुर्गाभिट्टा सामुदायिक वन, बाह्रदशी–१ स्थित साधुपर्ती सामुदायिक वनभित्र १० लाख रुपैँयाको लागतमा हात्तीका लागि दुई वटा पोखरी निर्माण गरिएको छ । भने जिल्लाका मनोकामना सामुदायिक वन, देउराली सामुदायिक वन, कालिका सामुदायिक वन, दियालो सामुदायिक वन लगायातका जंगली हात्ती आउने सामुदायिक वन हाताभित्र वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको जिल्ला वन कार्यालय झापाले जनाएको छ । भने जिल्लाका विभिन्न ८ वटा सामुदायिक वनमा बाँस र केराको बिरुवा लगाउन सुरु गरिएको वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा बाँस र केरा लगाउनका लागि १५ लाख बजेट बिनियोजन भइसकेको डिभिजन वन कार्यालय झापाकी अधिकृत रन्जना पुरीले बताउँनुभयो ।

आहाराको खोजीमा हात्तीलगायतका वन्यजन्तु वन छाडेर नजिक्कैको गाउँमा पस्दा मानव र हात्तीको द्धन्द्ध भई हालसम्म झापामा दर्जनौ व्याक्तिको हात्तीको आक्रमणमा परेर मृत्यु समेत भएको छ । हात्तीबाट मानववस्तीलाई बचाउनका लागि हाल झापाको हात्ती हिडने क्षेत्रमा विद्युतीय तार लगाउने कार्य गरिएपनि सो प्रभावकारी हुन सकेको छैन । सामुदायिक वन क्षेत्रमा हात्तीको आहाराका लागि यसरी वृक्षरोपण गरिदा हात्ती वनमै भुलिने विश्वास लिएको छ । झापाका सामुदायिक वनमा हालपनि दर्जनौको सङ्ख्यामा रैथाने हात्ती रहदै आएका छन भने भारतबाट समेत बर्षेनी सयौको सङ्ख्यामा हात्तीको हुल नेपालतर्फ गाउँमा प्रवेश गरि वितण्डा मच्चाउदै आएको छ ।

सम्बन्धित खबर