Kanakai Online

हल्दिबारी ३ मा रहेको रामेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन


बिहिवार, जेठ ३२, २०८० |

टीकाराम बास्तोला/झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ मा रहेको रामेश्वर प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ।तराई मधेस विकास कार्यक्रम अन्तर्गत २५ लाख २७ हजार २६० रूपैयाँ ७१ पैसाको लागतमा ४ कोठे भवन निर्माण गरिएको हो।

२०८० बैशाख २५ गते निमार्ण सम्पन्न गर्ने गरी एन्जेलिना कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि सिराहाले २०७९ कार्तिक २९ मा हल्दिबारी गाउँपालिकासँग सम्झौता गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष यशोदा भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपप्रधानमन्त्री, जलस्रोत तथा ऊर्जा मन्त्री माननीय राजेन्द्र लिङदेन, विशेष अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरू क्रमशः विष्णु ओली, सन्तकुमार थापा, देवीबहादुर थापा, कार्यपालिका सदस्यहरू, निमित्त प्रमुख राजन न्यौपाने, शिक्षा शाखा प्रमुख जनककुमारी राई लगायत जग्गा दाताका परिवार एवंम विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु एवम् प्रतिनिधिहरू, अविभावक तथा विधार्थीहरू, संचारकर्मी लगायत सरोकारवाला निकायहरुका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले पहिला विधार्थी संख्या घटेर मर्ज हुने स्थितिमा पुगेको विद्यालयमा अहिले विधार्थीको आकर्षण बढेकोमा खुसी व्यक्त गर्दै शैक्षिक सुधारका लागि अझै पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे


उनले भने ” कक्षा १२ सम्म निशुल्क शिक्षा, अविभावकले घरमै बसेर सिसि क्यामरा विधालयको गतिविधि अवलोकन , प्राविधिक तथा कम्प्युटर शिक्षा का कारण हल्दिबारी गाउँपालिकाले शिक्षामा उचित लगानी गरेको बताउनु भएको थियोे। उनले भने ” सरकारको नेतृत्व गर्ने अवसर मिलेमा देशैभरी जस्तो निशुल्क शिक्षा र स्वास्थ्य लागु गर्नेछु” ।
प्रचार कम काम धेरै गर्ने भन्दै उनले छोटो समय मन्त्री हुँदा यो क्षेत्रमा उल्लेख्य काम गरेको दाबी समेत गरे।

यसैगरी कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष लिङदेनले विद्यालयमा शिक्षक अभाव भएको को कुरालाई मध्यनजर गर्दै ४ दिन भित्रै शिक्षक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए भने समयमै र गुणस्तरीय कार्यसम्पादन गरेको भन्दै निर्माण कम्पनीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा विद्यालयका जग्गा दाता चिनीमाया गुरूङ र रामेश्वर गुरूङ लाई मरणोपरान्त सम्मान गरिएको थियो भने पूर्व व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तेन्युङ, धनबहादुर सांवा, यसैगरी पूर्वप्रधानाध्यापक सिता बिमली साथै समाजसेवी मेची प्रादेशिक अस्पताल पोषण पुर्नस्थापना केन्द्र कि प्रवन्धक मेची गंगा लिम्बु लाई पनि सम्मान गरिएको थियो।
यसैगरी अविभावकको हौसला बढाउन उत्कृष्ट अविभावक पुरस्कार देवका उप्रेती लाई प्रदान गरिएको थियो भने उत्कृष्ट शिक्षक पुरस्कार होमकुमारी खडका बोहोरा लाई दिइएको थियो।

कार्यक्रमको संचालन प्र.अ मेनका शर्मा दाहालले गर्नु भएको थियोे ।

सम्बन्धित खबर