Kanakai Online

चप्रामारीमा बयलकोठीको गाई गोठमा आगलागि १० लाखको क्षति


बुधवार, जेठ ३१, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका ५ स्थित चप्रामारीमा बुधवार विहान साढे २ बजे स्थानीय रबिलाल बयलकोटीको गोठमा आगलागि हुदा लाखौको क्षति भएको छ ।
आगालागिबाट गोठमा बाधेका ५ वटा बाख्रा जलेर मरेको छ भने गाई समेत घाईते भएको छ ।

आगलागि निभाउन खोज्दा घरधनी रबिलाल बयलकोटी समेत जलेर घाईते हुनुभएको छ । उहाँको हाल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारभइरहेको छ ।
आगलागिलाई बिर्तामोड र कमल गाउँपालिकाका बारुण यत्र, स्थानीयवाशी र इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आगलागिबाट बयलकोटीको ५ वटा बाख्रा जलेर मर्नुको साथै, ७० मन धान, ५० मन मकै लगायत जलेर नष्ट्र हुदा आफ्नो १० लाख मुल्य बराबरको क्षति पुगेको कनकाई नगरपालिका ५ नम्बर वार्डअध्यक्ष कृष्ण राईले बताउँनुभएको छ । कोठमा कमिला मार्नका लागि लगाइएको आगोबाट सल्किएर क्षति पुगेको बताइएको छ ।