कनकाई अनलाईन
झापा बिर्तामोडका तीन जना अभिभावक विहीन बालबालिलाई सहारा नेपाल बिर्तामोडले संरक्षणको जिम्मा लिएको छ । यो कामको नाम अनुसारको काम गरेको भन्दै सहारा नेपालको यस कामको चौतर्फी तारिफ समेत भएको छ । सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले समेत आफुले वालवालिकाहरुको सबै लालनपालन र शिक्षाको जिम्मा लिएको कुरा कनकाई अनलाईनसामु बताउँनुभएको छ ।
केहिदिन पहिले आमाको निधन र बुबा सुधार गृहमा रहेका कारण तीन जना नावालक कष्टकर जीवन बिताउदै आएको खबर विभिन्न सामाजिक संञ्जालमा आएको थियो । आमाको निधनपछि अभिभावक विहीन भएका उनीहरुमध्ये सबैभन्दा ठुली दिदी १२ बर्षिय निर्दिका दाहालले भारतीय बजारमा गएर केहि सामान नेपाल ल्याएर आफ्ना साना भाई ८ बर्षिय दुर्गेश दाहाल र १० बर्षिय बहिनी निर्बिका दाहाललाई पाल्दै आएको कुरा सार्वजनिक भएको थियो ।
बिर्तामोड –४ सुर्योदय टोलका निर्दिका दाहाल, निर्बिका दाहाल र दुर्गेस दाहालको सम्पूर्ण जिम्मेवारी सहारा नेपालले लिने घोषणा गरेको छ । युटुवर भाग्य न्यौपानेले तीन जना नावालकको दैनिक जीवन बारे भिडियो सामग्री सार्वजनिक गरेपछि सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरीसहितको टोली बालबालिकाको अवस्था अध्ययन गर्न घर पुग्नुभएको थियो । नावालकहरुको दैनिक जीवनमा अत्याधिक कठिनाई भएको देखेपछि कार्यकारी निर्देशक गिरीले उनीहरुको संरक्षण गर्ने घोषणा गरेको बताउँनुभएको छ ।
ठुली दिदी निर्दिकाले आमाको दम रोगका कारण मृत्यु भएपछि बुबा समेत अत्याधिक मदिरा सेवन गर्ने भएका कारण सुधारगृहमा लगिदा आफ्ना १० बर्षिय बहिनी र ८ बर्षिय भाईको आफुले लालनपालन गर्दै आइरहेको बताउँनुभएको थियो । अभिभावक विहीन वालवालिकाहरुको भिडियो बाहिरिएसगै धेरैले आर्थिक सहयोग समेत गरेका छन ।
सहारा नेपालले तीन जनाको संरक्षणका लागि स्थानीय तह र सरोकारवालासँगको समन्वयमा कानुनी प्रावधान पुरा गर्ने जनाएको छ । सहाराले तीनैजनाको उच्च शिक्षासम्म अध्ययनमा सहयोग गर्ने, बसिरहेको घरको पुनःनिर्माण गर्ने, घरमा चाहिने आधारभुत आवश्यक सामग्रीहरुको व्यवस्थापन मिलाउने, सानो छोरा र बुबाको उपचारमा सहयोग गर्ने, नानीहरुको संरक्षणको लागि रेखदेखको व्यवस्था मिलाउने, अध्ययन पश्चात इच्छुक भएमा १ जनालाई योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्ने जनाएको छ ।
युटुवर भाग्य न्यौपानेका अनुसार उनीहरुको सहयोगका लागि एक्सेल बैंकमा खोलिएको खातामा ६ लाखभन्दा बढी रकम संकलन भइसकेको न्यौपानेले बताउँनुभएको छ ।
फोटो ः वालवालिकाका साथमा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी लगायात