Kanakai Online

बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्न,ट्राफिक प्रहरीको जनचेतनामुलक कार्यक्रम सम्पन्न


आइतवार, जेठ २८, २०८० |

झापा। झापाको हल्दिबारी गाउँपालिका वडा नं २ र एक्सेल डेभलपमेन्ट बैंक गोलधापको समन्वयमा ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम हल्दिबारी बजारमा सम्पन्न भएको छ।

दिनानुदिन बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्न सवारी चालकहरुलाई सवारी चलाउने तरिका, लाइटको सहि प्रयोग लगायतका विषयमा ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरीले जानकारी गराएका थिए भने १४ जना सवारी चालकलाई एक्सेल बैंकको सहयोगमा सवारी चालक पहिचान हुने ज्याकेट वितरण गरिएको थियो।

यसैगरी हल्दिबारी बजार क्षेत्रमा दुई वटा वोर्ड समेत राखिएको छ।हल्दिबारी वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी,वडा सदस्यहरू गणेश मगर‌, विष्णु राई, अम्बिका तोलाङ्गी र रचना कुलुङ , प्रहरी चौकी हल्दिबारी, ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र एक्सेल बैंकका कर्मचारी सहित सवारीचालक र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर