Kanakai Online

माग पुरा नभए सामुदायिक बिद्यालय बन्द


शनिवार, जेठ २७, २०८० |

जनक न्यौपाने

२७ जेठ -सरकारले आफ्नाे माग प्रति गरेकाे बेवास्तालाई तत्काल सम्वाेधन नगरे आगामी असार दुई गतेवाट देशभरका सामुदायिक बिद्यालयहरु बन्द गरिने भएकाे छ ।

सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुकाे तलवमा सरकारले गरेकाे प्रतिबद्धता अनुसार आर्थिक बर्ष ८० – ८१ काे बजेटमा सम्वाेधन नगरेपछि चरणबद्ध आन्दाेलनमा उत्रिएका बिद्यालय कर्मचारीहरुकाे मागप्रति नेपाल राष्टिय शिक्षक सगठन,नेपाल शिक्षक सघ लगायतका पेशागत सगठनहरुले समेत प्रतिबद्धता जनाएपछि बिद्यालयहरु बन्द हुने अवस्था आएकाे हाे । बिगत लामाे समयदेखि अन्य मागसहित बिद्यालय कर्मचारिहरुकाे पेशागत सुनिश्चतताकाे माग गर्दै कर्मचारिहरु र शिक्षकका पेशागत छाता सगठन नेपाल शिक्षक महासघले आवाज उठाईरहेकाेमा सरकारले माग पुरा गर्ने सझाैता समेत गरेकाे तर आर्थिक बर्ष ८०/८१ काे बजेटमा नआएपछि नेपाल बिद्यालय कर्मचारी परिषदले जेठ २१ गते देशभरका शिक्षा बिकास तथा समन्वय ईकाईका ज्ञापनपत्र बुझाएर आन्दाेलित बनेकाे नेपाल बिद्यालय कर्मचारी परिषद ईलामका अध्यक्ष हेमराज बस्नेतले बताए ।

चरणबद्ध कार्यक्रमअनुसार जेठ २० गतेबाट बिद्यालयमा चाबि बुझाएर शिक्षा बिकाश तथा समन्वय ईकाईमा धर्ना दिईएकाे,२७ गतेवाट ३१ गतेसम्म भद्रकालिमा रिले अनसन गरिने र यति हुदासम्म माग पुरा नभए अागामि असार २ वाट सामुदायिक बिद्यालय बन्द गरिने अध्यक्ष बस्नेत ले बताए ।हालसम्म सरकारले वास्ता नगरेकाे वाल शिक्षक,राहत,उच्च माध्यामिक अनुदान शिक्षक तथा बिद्यालय कर्मचारिहरुकाे मागप्रति गम्भिर हुन सरकारकाे धयानाकर्षण गरिएकाे नेपाल शिक्षक सघ ईलामका अध्यक्ष राेमनाथ शर्माद्वरा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।सरकारले न्युन बेतनमा काम लगाएका बिद्यालय कर्मचारीहरुकाे तलव पनि ईलामका पालिकाहरुमा एकरुपता नरहेकाे अध्यक्ष बस्नेतले बताए ।यता बिद्यालय कर्मचारिहरु अान्दाेलनमा उत्रिएपछि बिद्यालयकाे नियमित कामकाजमा समेत प्रत्यक्ष असर देखिन थालेकाे छ ।

सम्बन्धित खबर