Kanakai Online

डाफे साकोसद्धारा सुरुङ्गामा वित्तीय साक्षरता प्रशिक्षण


शुक्रवार, जेठ २६, २०८० |

कनकाई अनलाईन
डाफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आफ्ना सुरुङ्गा सेवा केन्द्रका शेयर सदस्यहरुका लागि एक दिने वित्तिय साक्षरता प्रशिक्षणको आयोजना गरिनुको साथै डाफे क्लव सुरुङ्गाको समिति समेत गठन गरिएको छ ।
सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समुहको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा शिक्षा तथा तालिम समितिका संयोजक सन्तोसकुमार श्रेष्ठले जीवनमा बचत किन आवश्यक छ र सहकारीमै बचत किन आवश्यक छ भन्नेवारेमा प्रशिक्षण दिनुभएको थियो ।
श्रेष्ठले डाफे सामुदायिक बचतमा हालसम्म गरेका कामहरुको वारेमा जानकारी दिदै सहकारीमा किन वचत गर्नुपर्ने लगायातका विषयमा जानकारी दिदै डाफे सामुदायिक साकोसका सेवा सुविधाका वारेमा जानकारी गराउँनुभएको थियो । कार्यक्रममा बोल्दै डाफे सामुदायिक साकोसका सचिव लीलानाथ खनालले डाफे साकोस झापा तथा मोरङ्गका विभिन्न ६ वटा साखाबाट कारोवार गरिरहेको बताउँनुभयो ।
यसैविच कार्यक्रमका बिच सुरुङ्गा सेवा केन्द्र लक्षित डाफे क्लवको समेत गठन गरिएको छ । नारायण अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा देविमाया दाहाल, दिपेन्द्र पराजुली, दिपक ढुङ्गेल, धु्रब कुवँर, लक्ष्मी पराजुली र लीलाराज खडका सदस्य रहेका छन ।
संस्थाका सुरुङ्गा साखा प्रमुख बिरेन्द्रबहादुर खडकाले क्लवको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सञ्चालन ठाकुरहरि पोखरेलले गर्नुभएको थियो । भने कार्यक्रममा शिक्षासेवी जनार्दन उप्रेतीले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । यसैविच तितिक्षा ढकाल र बिरेन्द्रबहादुर खडकाले सहकारी गित प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित खबर