Kanakai Online

माइधार–दोमुखा सडक कालो पत्रे


शुक्रवार, जेठ २६, २०८० |

कनकाई अनलाईन
झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक कालो पत्रे भएको छ ।
शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो ।


उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित ४ करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालो पत्रे भएको हो । जसमा शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको रु २ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाई कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भड र दुई वटा ह्युमपाइप समेत निर्माण भएको छ ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले माईधार –दोमुखा सडक कालो पत्रे गर्नका धेरै बाधा व्यवधानहरु बीच भएपनि कालो पत्रेको काम सम्पन्न भएको बताउँनुभयो । हाल कालो पत्रेको काम सम्पन्न भएको छ । सडकमा निर्माण भएका कल्भर्डहरु केही समय जाम गर्नु पर्ने भएकाले कल्भर्डको काममा समय लाग्ने नगर प्रमुख थोप्राको भनाई छ ।
नगर प्रमुख थोप्राले स्थानीय तह निर्वाचनमा आफ्नो चुनावी एजेन्डाको रुपमा पनि यो सडकलाई समेत राख्नुभएको थियो । आफुले निर्वाचित भएको बर्षदिनभित्रैमा महत्वपुर्ण सडक नगरकै बजेटबाट पुरा गर्न पाएको भन्दै नगरप्रमुखले खुसी व्याक्त गर्नुभयो ।
शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाई आयोजनाले बिस २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात अहिलेसम्म उक्त सडकको स्तरन्नति हुन सकेको थिएन । करिव ४० वर्षपछि यस सडक कालोपत्रे भएकोहो ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सडक निर्माण मापदण्ड अनुसार सम्पन्न भएको बताउँनुभयो ।
माइधारबाट दोमुखा सम्म बाटो राम्रो नहुँदा यहाँ आउने पर्यटकहरुले सास्ती व्यहोर्नु परेको थियो । दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो कालो पत्रे बनेपछि आन्तरिक तथा बाह्यि पर्यटकहरुको संख्यामा थप बृद्धि हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर