Kanakai Online

हल्दिबारि ४ मा सामुदायिक वनमा वृक्षरोपण गरी विश्व वातावरण दिवस सम्पन्न


सोमवार, जेठ २२, २०८० |

टीकाराम बास्तोला,हल्दिबारी/हल्दिबारि गाउँपालिका वडा नम्बर -४ मा पर्ने पाथीभरा कालिका सामुदायिक वनमा झापा नेत्रहीन सघंको आयोजना र पाथीभरा कालिका सामुदायिक वन को सह-आयोजनामा आज वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाएको छ ।

कार्यक्रम अध्यक्ष , यसोदा बराल झापा नेत्रहीन सघं अध्यक्ष, प्रमुख अथिति वडा अध्यक्ष सन्त कुमार थापा , बिशिस्ट अथिती जय प्रकास प्रोख्ररेल ,पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समिती अध्यक्ष सागार प्रोतेल, अथिती वडा सदस्य सुनिल बाह्रकोटि , भावना आचार्य दाहाल, ललिता राजवंशी लगायतको उपस्थिति रहेको थियो।

नेपालमा पनि सरोकारवालाले आ-आफ्नो ठाउँबाट विश्व बातावरण दिवस मनाउँदै आएको हल्दिबारी ४ नम्बर वडा अध्यक्ष सन्त कुमार थापाले बताए। उन्ले कार्यक्रमलाई सम्बोधन गर्दै भने, यस्तो कार्यक्रम अब वातावरण दिवसको दिन मात्र गर्ने होइन, अब गाउँ गाउँ मा यस्तो कार्यक्रमको आयोजना गर्दै जानू पर्ने र वडा को तर्फ बाट सम्मेत यस्ता कार्यक्रममा पुण साथ सयोग रहने कुरा बताएका छन।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।

सम्बन्धित खबर