Kanakai Online

बाह्रदशीमा अनियमितता, नागरिकस्तर बाट खबरदारी सहित गाउँपालिका अध्यक्ष लाई ज्ञापनपत्र


आइतवार, जेठ १४, २०८० |

टिकाराम बास्तोला/ झापाको बाह्रदशी गाउँपालिका भित्रका विभिन्न ५ वटा बिषयमा अनियमितता र घोटाला भएको भन्दै युवा नागरिक समाज बाह्रदशी को आम युवाहरुले आज गाउँपालिकामा खबरदारी गरेका छन।

उजुरी परेका बिषयहरूमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा रहेको फुलबारी माध्यमिक विद्यालायको जग्गा अनाधिकृत रूपमा व्यक्तिको नाममा सारिएको, गाउँपालिकाको कृषि अनुदान रकममा व्यापक हिनामिना गरेको, बोका र सुँगुरका पाठा वितरण गर्दा तेब्बर बढि मुल्य राखि बिल पेस गरिएको, कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा विभिन्न आयोजना तथा कार्यक्रमको रकममा हिनामिना गरेको र पुर्वाधार निर्माणका काममा जनप्रतिनिधिहरुले अनावश्यक दु:ख दिई लाभ लिन खोजेको रहेका छन ।

बाह्रदशी गाउँपालिकाको कार्यलय अगाडी प्लेकार्ड सहित खबरदारी गरेका थिए। खबरदारी कार्यक्रम पछि गाउँपालिका अध्यक्ष देवेन्द्र चौलागाईंलाई ज्ञापन पत्र बुझाएका थिए। पत्रमा उठाएका बिषयमा गम्भीर भएर कार्ययोजना सहित अघि बढ्ने चौलागाईंले प्रतिबद्धता सम्मेत व्यक्त गरेका छन।

सम्बन्धित खबर