Kanakai Online

झापाका सहकारीद्धारा सुरक्षाको माग


आइतवार, जेठ १४, २०८० |

कनकाई अनलाईन
झापाका सहकारीकर्मीहरुले प्रशासनसँग सुरक्षा माग गरेका छन् । विभिन्न अराजक व्यक्ति तथा समुहले वित्तीय क्षेत्रमाथि गरिरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर गरेको भन्दै झापाका सहकारीकर्मीद्धारा जिल्ला प्रशासनमा सुरक्षाको माग गरेका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आईतवार झापा जिल्ला सहकारी संघले सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको संयोजकत्वमा गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले जिल्ला प्रशासन कार्यालय भद्रपुरमा प्रजिअ पोखरेललाई सुरक्षाको माग सहित निवेदन दिएको हो ।

कार्यदलको आज बसेको बैठकको निर्णयानुसार जिल्लाका सहकारी संघ–संस्था र लघुवित्त सेवा प्रदायक संघ–संस्थामाथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, कर्मचारीहरुलाई हातपात गर्ने, कार्यकक्ष तोडफोड गर्ने गराउनेजस्ता क्रियाकलाप गर्ने गरेकाले त्यस्ता व्यक्ति तथा समूहलाई पक्राउ गरी कानूनी कारबाही गरी सहकारी संघ–संस्थाको पूर्ण सुरक्षाको प्रत्याभूति माग गरिएको छ ।

प्रजिअलाई निवेदन बुझाउन जिल्ला संघका अध्यक्ष ढकालसहित वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल, जिल्ला बचत संघका उपाध्यक्ष विपी भट्टराईलगायत सहकारीकर्मीहरु जिल्ला प्रशासन पुग्नुभएको थियो ।

सम्बन्धित खबर