Kanakai Online

कुलमानको सम्मानमा गाउँलेले राखे टोलकै नाम आदर्श कुलमान टोल


शुक्रवार, जेठ १२, २०८० |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ४ र शिवसताक्षी ७ का स्थानीयवाशीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सम्मानमा आफ्नो टोलकै नाम आर्दश कुलमान घिसिङ टोल राखेका छन । देश अन्धकार भएको बेला कुलमानकै देनका कारण देश अन्धकारबाट उज्यालो भएको भन्दै उक्त गाउँकै नाम कुलमान घिसिङको नामबाट राखिएको स्थानीय गंगा कुबँरले कनकाई अनलाईनलाई बताउँनुभयो ।

देशलाई अन्धकारबाट मात्रै मुक्त गरेनन कुलमानकै कारण उक्त अन्धकार भएको गाउँलाई बिजुली ल्याउनका लागि बजेट र पोल समेत कुलमानकै ठाडो आदेशबाट सम्भव भएकोले उक्त टोलको नाम आदर्श कुलमान घिसिङ टोल राखिएको स्थानीय लंकबहादुर खडकाले बताउँनुभयो । गाउँमा बिजुली पुगेपछि यस क्षेत्रमा कृषकले आफ्नो खेतमा ४ वालीसम्म फसल लगाउन थालेको खडकाले बताउँनुभयो ।

देशलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने महामानवको नामबाट आफ्नो गाउँको नाम राख्न पाएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन । आफुसमेतको
संग्लनतामा उक्त गाउँमा बिजुली ल्याइएको र यसमा मुख्य देन कुलमानकै रहेको समाजसेवी श्यामसुन्दर ओलीले कनकाई अनलाईनलाई बताउँनुभयो ।

सम्बन्धित खबर