Kanakai Online

रास्वपा कनकाईमा पुन नन्दकुमार चुडाल


सोमवार, जेठ ८, २०८० |

कनकाई अनलाईन
राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई नगरपालिकाको प्रथम नगर भेलाबाट नन्दकुमार चुडालको अध्यक्षतामा ११ सदस्यीय नगर समिति सर्व सम्मत रुपमा चयन भएको छ ।

कनकाई उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भेलाबाट समितिको उपाध्यक्षमा सुजता निरौला, सचिवमा मोहन थापा र कोषाध्यक्षमा सुमन ढकाल चयन भएका छन् । सदस्यहरुमा क्रमशः गोमा विश्वकर्मा, विमला भुजेल, लोकप्रसाद राजवंशी, हर्कवहादुर लिम्बू, मित्रलाल घिमिरे र राजेन्द्र सिटौला रहेका छन् भने बाँकी एक सदस्य कार्य समितिको वैठकले मनोनीत गरेर समितिलाई पूर्णता दिइने बताइएको छ ्

नगर समितिका अध्यक्ष नन्दकुमार चुडालको सभापतित्व एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य प्रसाईँले देशमा शुसासन कायम गर्नु पहिला भ्रष्टचार निर्मुल गर्नु पर्ने तर्फ जोड दिए । प्रसाईँले निर्वाचनका समयमा पार्टीका तर्फबाट पार्र्टी हैन मत बदलौं भन्ने नारालाई सार्थकता दिएको भएता पनि अब सम्पुर्ण जनता राष्ट्रियताकोलागी राष्ट्रिय स्वतन्त्र पार्टिमा आवद्ध हुन अनुरोध गरे । राष्ट्रिय स्वतन्त्र पार्टिले अब देश विकासमा योगदान दिनकालागी जनताले गरेको निर्णयलाई मध्यनजर गर्दै सरकारमा बसेर जनाताको अपेक्षा पुरा गर्ने केन्द्रिय सदस्य प्रसाईँले प्रतिवद्धता जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चितवनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरी ढकालले आफ्नो पार्टीका तर्फबाट संसदमा भएको खबरदारीले सुकुम्बासी र भुइँ मान्छेका समस्याहरु समेत सदनमा उठ्न थालेको बताए। रास्वपाले भ्रष्टहरुको कारखाना बन्द गर्ने र भ्रष्ट उपभोक्ताहरुलाई समेत बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

रास्वपाका नेता शम्भुप्रसाद ढकाल सुस्केराको संचालन तथा सचिव मोहन थापाले स्वागत गरेको कार्यक्रममा कोशी प्रदेश इञ्चार्ज ओम भण्डारी, जिल्ला सभापति उमेश खरेल, प्रचार विभागका गगन गौली, नवप्रवेशी गोपाल उप्रेतीले समेत सम्बोधन गर्दै देश र जनताको अबको चाहना नै रास्वपा भएकाले हाल संसदमा २१ जनाको उपस्थिती रहेको भएपनि यसको शक्ति सडकदेखी सदन सम्म नै प्रभावकारी हुने बताए ।

सम्बन्धित खबर