Kanakai Online

युएईकी श्रम सहचरी यादवको विदाई गरिदै


बिहिवार, कार्तिक २३, २०७४ |

सुर्य खवास, युएई
नेपालिहरुको वैदेशिक रोजगारिको शिलशिलामा जाने मुलुकहरुमा मध्य पुर्वको मुलुक युएई एउटा मुख्य गन्तव्य बन्दै गएको छ । वैदेशिक रोजगारिको अवसर सगसगै समस्याहरु बढदै जानू कुनै नौलो कुरा होईन । रोजगारिकालागी विदेशियका नेपाली श्रमिकहरुलाई पर्ने विभिन्न समस्याहरुको समाधान र सहजिकरण गर्ने नेपाल सरकारको निकाय भनेको राजदुतावास हो ।
वैदेशिक रोजगारिमा युएई आएका नेपाली श्रमिकको समस्यालाई समाधान र सहजिकरण गर्ने जिम्मेवारी लिई १९ फेब्रुअरी २०१५ बाट नेपाली राजदुतावास अबुधाबिमा कार्यारम्भ गर्नु भएकी श्रम सहचरी हिरा कुमारी यादव आफ्नो जिम्मेवारी कुशलता पुर्वक पूरागर्दै आफ्नो कार्यकाल पूरा गरि नेपाल फर्कन लाग्नु भएको छ । उहाँले युएईमा रहदा नेपाली श्रमिकलाई परेको समस्यालाई उच्च प्राथमिकताका साथ समाधानकालागी खेल्नु भएको योगदानको उच्च मूल्याकंन गर्दै युएईमा कृयाशिल दुई दर्जन बढी नेपाली संघ संस्थाले आगामी १० नोभेम्बर २०१७ का दिन संयुक्त रुपमा विदाइ गर्न लागेको विदाई कार्यक्रमका संयोजक भरत शिवाकोटिले जानकारी दिनु भयो ।
युएईमा कृयाशिल नेपाली संघ संसंस्थाहरु गैर आवासीय नेपाली संघ युएई, झापाली समाज युएई, स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय कलाकार समाज,
पाल्पाली समाज युएई, नेवा पुचः युएई, ताप्लेजुङ समाज सेवा युएई, ग्रिनलाइन ग्रुप अफ कम्पनी अबुधाबी, शुभयात्रा ट्राभल दुबई, काठमाडौं दरबार रेस्टुरेन्ट अजमान, अर्घाखाँची सम्पर्क समिति युएई, चिवतन सेवा समाज युएई, बागलुङ सेवा समाज युएई, कास्की आदर्श सेवा समाज युएई,
लुम्बिनी वेल्फेयर सोसाइटी, प्रवासी अनलाइन, नमस्ते ट्राभल युएई, कपिलबस्तु सेवा परिषद युएई, धादिङ सेवा समाज युएई, दाङ देउखुरी समाज युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, नेपाल कला संस्कृति मञ्च युएई, नवलपरासी सेवा समाज युएई, नेपाली समुदाय युएई, सुदुर पश्चि सेवा समाज, रुपन्देही सेवा समाज आयोजक रहेको उक्त कार्यक्रमको व्ययवस्थापन गैर आवासिय नेपालि संंघ युएईले गरेको छ भने कार्यक्रमको संयोजन झापाली समाज युएईले गरेको छ ।