Kanakai Online

BSc. CSIT विभाग मा तालाबन्दी


बिहिवार, जेठ ४, २०८० |

त्रि.वि, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मेची बहुमुखी क्याम्पसद्वारा संचालित BSc. CSIT कार्यक्रममा कार्यक्रम निर्देशकको नियुक्तिलाई लिएर BSc. CSIT अध्ययनरत आम विद्यार्थीहरु र क्याम्पस प्रशासन बिच विवाद सिर्जना भएको छ ।

आन्दोलनत आम विद्यार्थीहरुको नेतृत्व मेची बहुमुखी क्याम्पसमा BSc. CSIT अध्ययनरत विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै आएको गैरराजनैतिक संघ MMC – BSc. CSIT Association ले लिएको छ । मेची क्याम्पसमा BSc. CSIT विषय वि.स २०७५ देखि सुचारु भएको हो । हाल उक्त क्याम्पसमा BSc. CSIT विषयमा ५ वटा ब्याच गरि करिब १७० जना विद्यार्थीहरु अध्ययनरत छन् तर आज सम्म अध्ययनरत विद्यार्थीहरुले IT/CS पृष्ठभूमि भएको निर्देशक पाएका छैनन्।

क्याम्पस प्रशासनलाई आम विद्यार्थीहरुले बारबार अनुरोध गरेता पनि क्याम्पस प्रशासनले विभिन्न कारणहरु देखाउँदै विद्यार्थीहरूको मागलाई दबाउँदै आएको संघका संस्थापक निवर्तमान अध्यक्ष तथा आठौं सेमका विद्यार्थी निस्चल बुढाथोकीले बताउनुभयो । यस पल्ट पनि विषयगत पृष्ठभूमि भएको निर्देशकको माग आम विद्यार्थीहरुले राखेको तर क्याम्पस प्रशासनले यस पल्ट पनि पहिलाकै जस्तो विभिन्न कारण र आश्वासनहरु देखाएर आम विद्यार्थीहरूको जायज मागलाई दबाउन खोजेको जसको फलस्वरुप MMC- BSc. CSIT Association ले BSc. CSIT विभाग मा तालाबन्दी गरेको कुरा संघका अध्यक्ष भाष्कर रिजालले जानकारी दिनुभयो ।