Kanakai Online

विकृतिको बाटोमा कोटीहोम क्षेत्र, धृतकौशिक आश्रममा एकल महिलालाई हातपात गरि जंगी बाबा फरार


मङ्गलवार, जेठ २, २०८० |

कनकाई अनलाईन
पुर्वकै प्रसिद्ध धार्मिक स्थल कोटीहवन क्षेत्र दाह सस्कार र राष्ट्रका गुरु मानिनुहुने योगी नरहरिनाथको तपोभुमिका नाममा जति विश्वभर परिचित छ । पछिल्लो समय यस क्षेत्रमा खुलेका विभिन्न बन्धुबान्धवहरुको आश्रममा हुने घिनलाग्दो चर्तिकला र साधु सन्तहरुका हर्कतका कारण त्यतिनै बदनाम समेत हुदै आएको छ ।


विभिन्न बन्धुको आश्रममा बस्ने पुजारीहरुले कहिलेकाही गर्ने यौनजन्य हर्कत त कहिले साधुले साधुनी मारेका घटनाबाट बदनाम हुदै आइरहेको यस क्षेत्र पछिल्लो समयमा साधुहरुका अखडामा ठुलो मात्रमा लागुऔषधको कारोवारी हुने गरेको पाइएको छ । नजिक्कै रहेको जंगलमा समेत खुलेआम ब्राउन सुगरको खरिदविक्री हुने गरेको पाइएको छ भने यहाँका प्राय सबैजसो साधु बस्ने अखडामा धार्मिक कारण समेत देखाएर गाजा सेवन र विक्री गर्नु सामान्य मानिदै आएको छ । यहाँका सन्त कुटीलाई लागुऔष प्रयोग र विक्रीका लागि समेत सरक्षित स्थल मानिने गरेको छ ।


यसैक्रममा एकजना योग साधक समेत मानिने एकजना जंगी बाबाको नयाँ हर्कले कोटीहोम क्षेत्र हाल आक्रन्त बनेको छ । झापाको कनकाई नगरपालिका ४ मा अवस्थित धृतकौशिक गोत्रिय प्रतिष्ठानमा रहनुभएकी एक महिलामाथि कुटपिट गरेर जंगी बाबा भनिने योग गुरु फरार भएका छन ।
बोली समेत नआउने एकल महिला देउकुमारी पोखरेललाई कुटपिट गरि बाबा फरार भएका हुन । एकल महिला सोहि धृतकौशिक गोत्रिय प्रतिष्ठानमा विगत १५ बर्षदेखि कर्मचारीका रुपमा बस्दै आउनुभएको थियो । भने जंगी बाबा नामका साधुलाई नयाँ समितिले विगत २ महिनादेखि प्रतिष्ठानमा योग गुरुका रुपमा राख्दै आएको स्थानीयको भनाई छ ।


सोमवार दिनभरजसो कोठा धुनेर कुटपिट गर्दा एकल महिला पोखरेलेको शरिरभरी निलडाम भएको छ । कुटपिट गरि घाईते बनाएको थाहा पाएपछि स्थानीयले प्रहरीमा खबर गरेको र योग गुरु सन्त बाबा भने प्रहरी आएको थाहा पाउनसाथ फरार भएको कोटीहोम धार्मिक विकास संस्थाकी सचिव अम्बिका खरेलले बताउँनुभयो । हाल जंगी बाबाको नाममा इलाका प्रहरी कार्यालय सुरुङ्गामा किटानी जाहेरी हालिएको छ । घाईते महिला देउकुमारीको स्थानीय अस्पतालमा उपचार गरिरहेको उहाँका आफन्त भानुभक्त नेपालले बताउँनुभयो ।

सामाजिक संञ्जालमा समेत सक्रिय रहने सन्त जंगी बाबाले समेत स्वयम सामाजिक संञ्जालमा एक भिडियो अपलोड गरि जंगी बाबाको आश्रममा बसेर नियम कानुन नमान्नेले बाबाको प्रसाद सजाय भेटेको भन्दै कार्वाही गरेको आशयको प्रतिक्रिया दिएका छन । धृत कौशिक आश्रमको यो साधुको हर्कत त सामान्य प्रतिनिधि पात्र मात्रै भएको स्थानीयको भनाई छ । कोटीहवन क्षेत्र पछिल्लो समय धार्मिक भन्दा पनि असामाजिक बन्दै गएपछि यसको धार्मिक पक्षलाई लिएर सबैले चिन्ता लिएका छन ।

सम्बन्धित खबर