Kanakai Online

टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ


आइतवार, वैशाख ३१, २०८० |

कनकाई अनलाईन
काठमाडौं, वैशाख ३१ गते । पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ पर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उहाँलाई पक्राउ गरिएको जानकारी नेपाल प्रहरीका सह प्रवक्ता भुपेन्द्र खत्रीले गोरखापत्र अनलाइनलाई दिनुभयो ।

उहाँलाई अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौं परिसर टेकुमा लगिएको जानकारी पनि सह प्रवक्ता खत्रीले दिनुभयो ।

यसअघि नेकपा ९एमाले० का सचिवसमेत रहनु भएका टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट उहाँहरू विरुद्धको पक्राउ पुर्जी लिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उहाँहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ हुनुभएको छ।

सम्बन्धित खबर