Kanakai Online

नवजीवन प्रतिष्ठानको आयोजनामा विद्यालय स्तररमा लागुऔषध सचेतना


बिहिवार, वैशाख २८, २०८० |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ४ मा रहेको नवजिवन प्रतिष्ठानको आयोजनामा लागुऔषध दुरुपयोग विरुद्ध चेतनामुलक कार्यक्रमहरु संचालन गरिएको छ ।


कनकाई नगरपालिकामा विभिन्न विद्यालयस्तरमा यस कार्यक्रम गर्नेक्रममा बुधवार कनकाई ३ स्थित हरिकुल नमुना विद्यालयमा एक दिवशीय लागुऔषध विरुद्धको चेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।


नवजीवन प्रतिष्ठानका बाबु लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका ३ का वडाअध्यक्ष युवराज चम्लगाईले कनकाई ३ मा पछिल्लो समय लागुऔषध र खराब आचरणका कारण आत्यहत्या र हत्या समेतका क्रियाकलाप वढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सुरुङ्गा बजार क्षेत्र लागुऔषध प्रयोगकर्ताका हिसाबले देशमै रेड जोनमा परिसकेको भन्दै यसवाट छुटकारा पाउन हामी सबैले साथ र सहयोग गर्नुपर्नेमा चम्लगाईको जोड थियो । युवापुस्ताहरु लागु औषधको कुलतमा फसिदिदा यसको असर नगरको सामाजिक, आर्थिक र असल नागरिक बन्ने बाटोमा समेत असर पुगेको बताउँनुभयो ।

लागुऔषधको प्रयोग घटाउन स्थानीय सरकार र संघसंस्थासग सहकार्य गर्न तयार रहेको समेत चम्लगाईले बताउँनुभयो ।
इलाका प्रही कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक मानबहादुर मिश्रले लागुऔषध प्रयोगकर्ताहरु कनकाई र सुरुङ्गा क्षेत्रमा बढेको भन्दै लागुऔषध प्रयोगले समाजमा आर्थिक, सामाजिक र आचरणमा असर गर्ने बताउँनुभयो । गाउँ समाजमा चोरीका घटना वढनेदेखि लिएर आत्महत्या र हत्या समेतका घटना लागुऔषधका कारण वढिरहेको प्रहरी प्रमुख मिश्रले बताउँनुभयो । प्राय साथीहरुको संगतबाट विद्यार्थी जीवनदेखिनै फस्ने गरेको पाइएको भन्दै लागुऔषध समाज प्रगतिका लागि टाउको दुखाई भइरहेको मिश्रले बताउँनुभयो । समाजमा लागुऔषध प्रयोगकर्ता हुनु भनेको समाजनै अपाङ्ग हुनु र गाउँ समाज असान्त हुनु हो । यसको निकाकरणका लागि सबै एक हुनु ढिला गर्नु भएन मिश्रले बताउँनुभयो ।

लागुऔषध प्रयोगकर्ताहरु ८० प्रतिशत साथीभाईको संगतबाट र बाकी घरायसी समस्याबाट समेत यो कुलतमा फस्ने गरेको पाइएको मिश्रले बताउँनुभयो ।
कार्यक्रममा हरिकुल नमुना माविका शिक्षक दामन न्यौपाने लगायातले लागुऔषधमा एकजना मात्रै फस्दा यसको असर सिंगो परिवार गाउँ र राष्ट्रले भोग्नु पर्ने बताउँनुभयो ।
उक्त लागुऔषध बिरुद्धको सचेतना कार्यक्रमको सहजीकरण प्रेमचन्द्र राईले गर्नुभएको थियो ।
सचेतना कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर