कनकाई अनलाईन
भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढ छेउ देउनिया खोलामा मृत्यु संस्कारका लागि व्यवस्थित घाट निर्माणका लागि शिलान्यास गरिएको छ ।
चन्द्रगढी सामुदायिक वनको अगुवाइमा चन्द्रगढ मोक्ष घाट नाम दिइएको शव दहन स्थलको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले शिलान्यास गरेका हुन् ।
वन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पूर्व संसद ओमप्रकाश सरावगी, भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, विर्तामोड ७ का वडाध्यक्ष अविरल खरेल लगायतले मन्तव्य राख्दै मोक्ष घाट विर्तामोड र भद्रपुरका बासिन्दाका लागि आवश्यक रहेको हुँदा निर्माण सम्पन्न गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।