कनकाई अनलाईन
झापामा एक साताभित्रै २९ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
आपराधिक घटनामा संलग्न र अदालतले कैद र जरिमाना सजाय तोकेकाहरुलाई फैसला कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरीले फरार प्रतिवादीहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले बताउँनुभयो । झापा प्रहरीले सोमवार चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता रिजालले बताउँनुभयो ।
झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका ४ जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरिएको रिजालले बताउँनुभयो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तान बाँकी रहेका २ जना प्रतिवादीहरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको र जरिवाना तोकिएको प्रतिवादीहरुलाई जरिवाना रकम बुझाउन लगाई छाडिएको प्रहरीले जनाएको छ । जघन्य आपराधिक मुद्दामा फरारसहित लागूऔषध कारोवारमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालिएको छ ।