कनकाई अनलाईन
मनोक्रान्तिका प्रणेता तथा विश्वविख्यात दार्शनिक तथा आध्यात्मिक गुरु डा ः योगी विकाशानन्दले झापा कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्तालुङ एजुकेशन फाउण्डेशनमा एक दिने योग ध्यान हिप्नोसिस प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
विश्व परिवार झापाका कोषाध्यक्ष समेत रहनुभएका साधक फक्तालुङ एजुकेशन फाउण्डेशनका पिन्सिपल ओमविक्रम नेम्बाङको समन्वयमा भएको उक्त योग ध्यान शिविरमा दार्शनिक विकासनन्दले आफ्ना साधकसहित पिडालाई नियन्त्रण गर्ने, रिस र आवेगलाई नियन्त्रण गर्ने विधिलाई प्रदर्शन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै डाक्टर विकाशानन्दले संन्सारलाई बदल्नका लागि सुरुवात आफैबाट थाल्नुपर्ने भन्दै मानिसहरु मानशीक, शारिरीक, सम्बन्धलाई सुमधुर बनाउने र सम्पत्ति आर्जन गर्ने ध्यानमा सबै समय विताइरहेको र ती कुराहरु प्राप्त नर्गदा सधै दुखी हुने गरेको बताउँनुभयो ।
यी कुराहरुलाई कसरी हासिल गर्ने र मानशीक र शारिरीक रुपमा कसरी मानिस खुसी र सम्पन्न रहने भन्ने शिशिरमा अभ्यास समेत गराइएको थियो ।
ध्यान शिविरमा साधकहरुलाई दिक्षित समेत गरिएको थियो ।
फक्तालुङ एजुकेशन फाउण्डेशनका अध्यक्ष दुर्गा नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व परिवार झापाका अध्यक्ष मेहरमान गुरुङ लगायातको आतिथ्गता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार सरोज पौडेलले गर्नुृभएको थियो भने स्वागत विद्यालयका सहयाक पिन्सिपल लक्ष्मी अधिकारीले गर्नुभएको थियो ।
सोही अशवरमा विद्यालय परिवारले योगी विकाशानन्दलाई सम्मान गरेको थियो । भने विकाशानन्द फाउन्डेसन विश्व परिवारले झापालाई १ हजार थान मनोक्रान्ति सम्बन्धि पुस्तक समेत प्रदान गरेको छ ।