कनकाई अनलाईन
पुर्वी पर्यटकिय क्षेत्र दोमुखामा करोडौको लागतामा होटलहरु संचालनमा आउन थालेका छन ।
झापाको शिवसताक्षी नगरपालिका १० दोमुखामा संचालित दोमुखा रिर्सोट प्रालिको शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थ्रोपा रोषनले उदघाटन गर्नुभयो । उक्त रिर्सोटलाई पर्यटन व्यावसायी विरेन्द्र मैनाली र होटल व्यावसायी भीष्म खतिवडाले साढे ३ करोडको लगानीमा संचालनमा ल्याउनुभएको हो । होटल उदघाटन गर्दै नगरप्रमुख थ्रोपाले दोमुखा क्षेत्रलाई आन्तरिक तथा वाह्य पर्यटकहरुले आफ्नो रोजाई बनाएकोले नगरपालिका र संघिय सरकाको समपुरक कोषबाट यसै आर्थिक बर्षमा सक्नेगरि ४ करोड २४ लाखमा पुर्वपश्चिम महेन्द्र राजमार्गदेखि पर्यटकिय क्षेत्रससम्म पुग्ने ३ किलोमिटर सेल्फी रोड निर्माणको अन्तिम तयारीमा रहेको बताउँनुभयो । नगरपालिकाले यस क्षेत्रलाई आन्तरिक तथा भारत तथा बंगलादेशका बाह्य पर्यटकहरुलाई लक्षित गरि स्थानीय सरकार र प्रदेश सरकारको आधा आधा लगानीमा चिल्डेर्न पार्क, सास्कृतिक पार्क लगायातका निर्माणहरु गरिसकिएको जानकारी दिनुभयो ।
यसअघि समेत करोडौको लागतमा यस क्षेत्रमा होटल पालिघरको समेत दमकका व्यावसायीहरुले संचालनमा ल्याइसकेका छन ।
आफुपनि लामो समयदेखि भारत सिक्किममा पर्यटन व्यावसाय गर्दै आएकोमा छिमेकी मुलुक भारत, बंगलादेश, भुटानका पर्यटकहरुलाई लक्षित गरेर आफुहरुले दोमुखामा होटल संचालनमा ल्याएको होटल संचालक बिरेन्द्र मैनालीले बताउँनुभयो ।
ठुला लगानीका होटल यस क्षेत्रमा खुलेसगै छिमेकी मुलुकबाट समेत आवाशीय रुपमा बस्ने पर्यटकको सङ्ख्यामा बृद्धि भएको दोमुखा पर्यटकयि विकास समितिका सचिव धनबहादुर ढकालले बताउँनुभयो ।
होटलमा नेपाली भारतीय र चाइनिज खानेकुराहरु पाइने र दोमुखा पर्यटकिय क्षेत्रमै रम्दै कोठाबाटै रमणीय दृश्य हेर्दै खानपिनको सुविधा रहेको होटल संचालक भीष्म खतिवडाले कनकाई अनलाईनलाई बताउँनुभयो ।
आकर्षक खानपान र सुन्दर डिलक्स एसि जडित कोठाहरु सुन्दर र शान्त वातावरण कार्यक्रमगर्नका लागि पर्याप्त हल लगायातका विशेषता रहेको खतिवडाले बताउँनुभयो ।
होटल उदघाटनको अवरमा यस क्षेत्रका उद्यमी व्यावसायी, वित्तिय क्षेत्रका व्याक्तित्व, पत्रकार, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने उदघाटनका अवशरमा छिमेकी मुलुक भारतबाट समेत पाहुनाहरुको उपस्थिति रहेको थियो ।