Kanakai Online

पर्यटकिय क्षेत्र चेप्टिमा काग भन्दा कोहिली चलाख चलचित्रको सुटिङ धमाधम


मङ्गलवार, वैशाख १९, २०८० |

कनकाई अनलाईन
बैशाख इलाम जिल्ला माइ नगर पालिका वाड नम्बर २ हेप्पी ड्रीम्स चेप्टीमा राष्ट्रिय कलाकार हरुको उपस्थिति नेपाली चलचित्र निर्माण उदय सुब्बा, गौरभ पहाडी ,वलसन बिक्रम राई रगिता ढुंगाना,बिमला लिम्बू ,इओन लिम्बू, सिमोन गिरि ,लगायत सयौ कलाकार को उपस्थितिमा दुई कदम काग भन्दा कोहिली चलाख भन्ने नेपाली फिलिम को सुटिङ हुने भएको छ

चेप्टी निर्माण कार्य चलिरहेको छ यो ठाउँमा आगन्तुक पर्यटनको लागी लोभ लाग्यो ठाउँ बनेको छ ३०० तीन सय रोपनी जग्गामा मा बन्दै गरेको हेप्पी ड्रीम्स चेप्टी मा जो कोहि आइपुग्दा मन लोभिन्छ हेप्पी ड्रीम्स करोडौं को लगानीमा बन्दै गरेको यो पर्यटन लागि उपयुक्त ठाउँ भएकोले आफुले लगानी लाएको निर्माण व्यावसायिक दिनेश शिवाकोटी बताउनु भयो

चेप्टी घुम्नु आउने आगन्तुक जो कोहि आएर प्राकृति सुन्दरता ले भरिएको ठाउँ देखेर आनन्द लिने गर्छन् चेप्टी नाम सुन्दा अचम्म लाग्ने अझ त स्थलगत ठाउँमा आइपुग्दा अझ अचम्म लाग्ने रहेछ चेप्टी आइपुग्दा आनन्द लाग्ने चारैतिर हरियाली नजिकै माइखोला चिसो हावापानी आएर झट्ट हेर्दा जो कोहिको मन लोभाउने ठाउँ भएको घुम्नु आउने पर्यटक मित्र ले बताउनु भयो पछिल्लो समय हेप्पी ड्रीम्स चेटी पर्यटन को लागि मात्रै होइन फिलिम सुटिङको लागि नि उपयुक्त ठाउँ भएको छ दिन प्रती राष्ट्रिय कलाकार हरु रोजाईमा चेप्टी भएको स्थानीयको भनाई छ ।

सम्बन्धित खबर