Kanakai Online

बालकल्याणका विद्यार्थीलाई एकसाथ दोहोरो खुसी


आइतवार, वैशाख १७, २०८० |

कनकाई अनलाईन
शिवसताक्षी । झापाको मध्य दक्षिण भूगोलमा रहेको शिवसताक्षी ५ भेलामुनीस्थितबालकल्याण आधारभूतविद्यालयकाविद्यार्थीहरु सधैंभन्दाहिजो शुक्रबार बेग्लै खुसीमा रमाए ।
ग्रामीण भेगकाअत्यन्तविपन्न समुदायकाबालबालिकाअध्ययन गर्ने सो विद्यालयका१५१ जनाविद्यार्थीलाई वडा नं. ५ ले स्कूलब्याग, जुत्ता, मोजा, टाई र बेल्टप्रदान गरेर अभिभावकलाई समेत खुसीतूल्याएको थियो ।
यतिमात्रहोइन, कक्षा १ देखि ८ सम्मकाविद्यार्थीहरुले अन्तिम परीक्षामाप्राप्त गरेको अंककाआधारमाप्रथम, द्वितीय र तृतीयहुने विद्यार्थीलाई विष्णु–लक्ष्मी सिटौला कोषले वर्सेनीवितरण गर्ने पुरस्कार पनिशुक्रबार नै प्रदानगरिएको थियो ।
दुईवटै कार्यक्रमहरु विद्यालयको शैक्षिकउन्नयनकालागिजनप्रतिनिधि र समुदायकाअगुवाहरुको रचनात्मकपहलको प्रतिफलथियो ।
विष्णु–लक्ष्मी सिटौला कोषकाप्रमुख संरक्षक नरेन्द्रप्रकाश सिटौलाको अध्यक्षतातथाशिवसताक्षीनगरपालिका वडा नं. ५ का अध्यक्षसिकिनपासवानको प्रमुखआतिथ्यमाकार्यक्रमगरिएको हो ।
विद्यालयकाशिक्षकराजनप्रसाद निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा वडाध्यक्ष पासवानले आफ्नो वडाका सबै विद्यालयमाअध्ययन गर्ने बालबालिकालाई गुणस्तरीय शिक्षाप्रदानगर्दै उत्कृष्ट बनाउने प्रयासमा रहेको बताए।
‘विद्यालयमाअध्ययन गर्न घरबाट निस्किएकाबालबालिकाहरु विद्यार्थीजस्तै देखिउन्’ वडाध्यक्ष पासवानले आफ्नो अभिलाषा सुनाउँदै भने, ‘यसैका लागि वडाको बजेटबाट २लाख५०हजार रुपैयाँखर्चेर उनीहरुकालागिस्कूलब्याग, जुत्ता, मोजा, टाई र बेल्टप्रदानगरिएको छ ।’
‘आफूले पनिअध्ययन गरेको यस विद्यालयलाई नमूना र स्मार्ट बनाउने मेरो लक्ष्य छ, यसकालागिशिक्षकहरुले गुणस्तरीय शिक्षाप्रदान गर्न दत्तचित्तभएर लाग्नु हुनेछ भने अभिभावकले समय समयमाविद्यालयआएर निरीक्षण गर्न मेरो आग्रह छ’ वडाध्यक्ष पासवानको आग्रहथियो ।
सो कार्यक्रममा विष्णु–लक्ष्मी सिटौला कोषको तर्फबाट सबै कक्षामाउत्कृष्ट हुने विद्यार्थीहरुलाई स्टेशनरी सामग्री र सबै विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयलाई एक–एक थान फुटबल र भलिबलप्रदानगरिएको थियो ।
कार्यक्रमको अध्यक्षतागरिरहेका पुरस्कार कोष संस्थापक सिटौलाले आफ्ना बुवाआमाको स्मृतिमाविद्यालयकाबालबालिकालाई पुरस्कृत गरिँदै आएको स्मरण गराउँदै यसलाई निरन्तरतादिइने बताए ।
‘बालबालिकालाई अझ राम्रो पढ्नकालागिप्रोत्साहनस्वरुप पुरस्कार प्रदानगरिएको छ भने खेलकुदकालागिभलिबल र फुटबल उपलब्ध गराएका छौं’ कोषकाप्रमुख संरक्षक सिटौलाले भने, ‘शिक्षकहरुकालागिपनि शिक्षण सिकाई सहजताकालागि सीप नोट गर्न डायरी प्रदान गरेका छौं, यसले सबैलाई खुसीबनाएको हामी ठान्दछौं ।’
बालकल्याण आधारभूतविद्यालयकाप्रधानाध्यापकदधिकुमार गणेशले शाब्दिक स्वागत गरेको सो कार्यक्रममापत्रकार गोपालकाफ्लेले विगतभन्दा यो वर्ष विद्यालयको स्वरुपमा केही फरक भएको बताए । शिक्षण सिकाईमापनिबालविकासतर्फ अंग्रेजीमाध्यमको पढाई सुरु हुनु, विद्यालय परिसर सफाहुनु, वडाले शैक्षिक सामग्रीउपलब्ध गराउनु जस्ता कुराहरुले विद्यालयमाक्रमशः परिवर्तन भइरहेको उनको भनाई थियो ।
कार्यक्रमकाअर्का वक्ताशिवसताक्षीनगरपालिकाशिक्षाशाखाप्रमुख छविालाल ढकालले बालबालिकाहरुले गृहकार्य गरे वा गरेनन् भन्नेतर्फ ध्यानदिनआग्रह गरे । अभिभावकलाई सुझावदिँदै उनले बेलाबेलाविद्यालयमाआएर आफ्ना नानीबावुहरुको बारेमाजानकारी लिने गरेमा घरमापनिउनीहरु सचेत बन्नेछन् र उनको भविष्य सुधारमालाग्नेछन् ।

सम्बन्धित खबर