कनकाई अनलाईन
सहजिकरण महिला समूहद्वारा आयोजित सात दिवसिय शिपमुलक कार्यक्रमवाट ३१ जना महिलाहरु लाभान्वित वनेका छन् । वैसाख १० देखी १६ गते सम्म संचालित ७ दिने शिपमुलक ९पोते बनाउने० तालिम कार्यक्रममा विभिन्न वडाका ३१ जनाले सहभागी वनेर लाभ लिएका हुन् ।
कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा सहजिकरण महिला समूहको आयोजना र व्यवस्थापनमा आयोजित कार्यक्रममा विभिन्न वडाहरुवाट महिलाहरुको सहभागिता रहेको थियो ।
सहजकर्ता गंगा भट्टराई र कुमारी चेमजोङ्गले ७ दिन सम्म अत्यन्तै सरल र सहज तवरवाट प्रशिक्षार्थीहरुलाई पोते वनाउन दक्ष वनाउनु भएको थियो ।
समूहका अध्यक्ष लीला प्याकुरेलको अध्यक्षता सम्पन्न कार्यक्रममा कनकाई नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शर्माले महिलाहरु आफु सवल र सक्षम वन्नको लागि समय र घरव्यवहार व्यवस्थापन गर्न सक्नु पर्छ र आफ्ना बालबालिकहरुको भविष्य सुनिस्चि तगर्नको लागि समेत हरेक कुरामा जानकार वन्नु पर्नेमा जोड दिनुभयो । उहाँले सम्पूर्ण मसहभागी महिलाहरुलाई यसरी सिकेको सिप व्यवहारमा उतारेर आफु स्वावलम्वी र आर्थिक रुपमा समेत सक्षम वन्नको लागि अगाडी बढ्न आवहान गर्नुभयो ।
“जसको सवाल उसैको अगुवाई” भन्ने मुल नाराका साथ स्थापना गरिएको सहजिकरण महिला समूहले सदैव महिला तथा बालबालिकाहरुको हक, हित र उजाकरका लागि काम गर्दै अगाडी बढ्ने संस्थाको उद्देश्य रहेको सचिव निर्मला बस्नेतले जानकारी दिनुभयो । कनकाई वडा नं।–१ का वडा अध्यक्ष शुसिलकुमार पोखरेलको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा कार्यपालिका सदस्य साविता वर्देवा, वडा नं।–४ का वडा अध्यक्ष रोशनराज सुवेदी, वडा नं।–१ दलित महिला सदस्य संजिता ल्वागुन, कनकाई विहानी क्लबका अध्यक्ष मनोज बस्नेत, विहानी महिला समूहका अध्यक्ष रिता उप्रेती, सहजकता गंगा भट्टराई, कुमारी चेमजोङ्ग लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
समूहकी उपाध्यक्ष कामना पौडेलले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन सचिव निर्मला बस्नेतले गर्नु भएको थियो ।