Kanakai Online

जलथल खानेपानीको अध्यक्षमा केदार उप्रेती


मङ्गलवार, वैशाख १२, २०८० |

टिकाराम वास्तोला
जलथल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा केदारप्रसाद उप्रेती सर्वसम्मत चयन हुनुभएको छ ।
गत बैशाख ३ गतेबाट सुरु भएको खानेपानीको निर्वाचनले नयाँ नेतृत्व पाएसगै निर्वाचन प्रक्रिया समापन भएको छ । पहिले सर्वसम्मत रुपमा ९ सदस्यीय समिति चयन पछि बनेको समितिले बाकी पदाधिकारीको चयन गरेको हो ।

जसमा अध्यक्षमा उप्रेती यसैगरि उपाध्यक्षमा जीवनकुमार अधिकारी सचिवमा टिकाराम सुवेदी, सहसचिवमा सीता बिष्ट र कोषाध्यक्षमा कमल ओलीलाई सर्वसम्मत चयन गरेको छ । यसैगरि समितिको सदस्यहरुमा भानु प्रसाई, सावित्रा बाह्रकोटी, कोपिला सेलवाल र कृष्णप्रसाद प्रसाई रहनुभएको छ । मतदाता नामावली प्रकाशित गरेर शुरू भएको निर्वाचन प्रक्रिया प्रमाण पत्र वितरण भएसंगै समापन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साथै निर्वाचन प्रक्रियालाई सरल र सहज बनई सर्वसम्मत नेतृत्व छनोट गर्ने भुमिकामा निवार्चन अधिकृत बाबुराम ढकाल र उनका सहायक स्तर कर्मचारी जय प्रकाश दाहालले अहम भुमिका निर्वाह गर्नुभएको थियो ।

निर्वाचनको मुखमा होमिएको जलथल खानेपानीको नेतृत्वका लागि अन्तिम घडीमा आएर सहमति गराउन सफल भएका छन् ।आम उपभोक्ता सदस्यहरूको माग पनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने रहेको थियो ।

कार्यालयमा हिजो (सोमवार) पद हस्तान्तरण साथै सफत ग्रहण र प्रमाण पत्र बितरण गरिएको थियोे ।

हल्दिबारी वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापाको आतिथ्यमा निर्बिरोधनिवाचित भएका कार्यसमिति सदस्यहरू वडा नम्बर ५ बाट भानु प्रसाईं, टिकाराम सुवेदी र कोपिला सिरुवाल निर्वाचन घोषणा गरेका दिन नै सर्वसम्मत भएका थिए भने वडा नम्बर ३ बाट सितादेवी बिस्ट पनि सर्वसम्मत भएकी थिइन् ।

वडा नम्बर ४ मा केदारप्रसाद उप्रेती, कृष्ण प्रसाईं र सावित्रा बारकोटी र जीवनकुमार अधिकारी राजनीतिक सहमति कायम भएको थियो भने वडा नम्बर ३ बाट कमल ओली चयन गरिएको थियो

। संस्थाको कार्य समितिका ९ जनालाई प्रमाण पत्र वितरण गरेको छ।

बिधान अनुसार निर्वाचित सदस्यहरुबाटै अध्यक्ष लगायत अन्य पदाधिकारी चयन गरिने व्यावस्था गरेको थियो। तर यो भन्दा अगाडी नै भने २ जना थप सदस्य मनोनित हुनेछन् । सल्लाहकार समिति र लेखा समिति समेत बन्ने जनाइएको छ । हल्दिवारी ३,४र ५ नम्बर वार्डका उपभोक्ता रहेको यस खानेपानीमा १७०० उपभोक्ता सदस्य रहेका छन ।
जग्गादाता प्रसाईको गुनासो


यसैविच जलथल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका जग्गादाता कृष्ण प्रसाई र उनको परिवारले यस सर्वसम्मत नेतृत्व चयनको विषयलाई लिएर गुनासो गरेका छन ।
सर्वसम्मतको नाममा सहमति विना जग्गादाताहरुको मानमर्दन गरेको प्रसाई परिवारको गुनासो रहेको छ । प्रसाई परिवारले खानेपानीलाई छ कठ्ठा जमिन दान गरेको थियो । पहिले जग्गादातालाई राखेर सर्वदलिय र सर्वपक्षिय सहमति गरेर जग्गादाताका परिवारका तर्फबाट कृष्णप्रसाद प्रसाईलाई अध्यक्ष बनाउने सहमति भएको र यसैलाई आधार मानेर सामाजिक संञ्चालहरुमा समते बधाई ज्ञापन गरिएको प्रसाईको भनाई छ । मलाई अध्यक्ष ज्यु भनेर सबैले बधाई दिने र सामाजिक संञ्जालमा बधाई दिने काम भयो पछि सोहि समुहवाट सर्वदलियको नाममा मेरो नाम काट्ने काम गरेर मेरो मानमर्दन भएको छ प्रसाईले कनकाई अनलाईनसग गुनासो गर्नुभयो ।
यसैविच जग्गादाता परिवारले सदस्यबाट राजीनामा दिने समेत प्रसाईले बताउँनुभयो । राम्रो गर्छु भन्दा काम गर्न दिइएन प्रसाईको भनाई छ । दाता परिवारको गुनासो सगै खानेपानीमा थप नयाँ समितिलाई थप चुनौती थपिएको छ ।

सम्बन्धित खबर