कनकाई अनलाईन
चितवन, वैशाख १२ गते । चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी उम्मेदवार रवि लामिछानेलाई नेकपा ९एमाले० र नेपाली कांग्रेसका उम्मेदवारले बधाई दिनुभएको छ ।
विजयी भए लगत्तै एमालेका रामप्रसाद न्यौपानेले खादा ओढाएर बधाई दिनुभएको छ । उहाँले निर्वाचनमा हार जित हुन्छ अब यस क्षेत्रको मतदाता जनताको भावनालाई बुझेर काम गर्न सक्नुहोस् भनी बधाई दिनुभएको हो ।
यसैगरी, कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले लामिछानेलाई बधाई दिनु भएको छ । उहाँले मलाई जनताले पत्याएनन् अब यस क्षेत्रको जिम्मा तपाईँलाई भनी बधाई दिनु भएको हो । आगामी दिनमा जनताको मन जित्ने गरी सेवा गर्ने छु भनी श्रेष्ठले प्रतिबद्धता गर्नु भएको छ ।