Kanakai Online

बाणिज्य संघले आयोजना गरेको वित्तिय समस्याको कार्यक्रम वित्तिय संस्थाद्धारा बहिस्कार


सोमवार, वैशाख ११, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका ३ का व्यावसायी भरत पौडेललको वित्तिय संस्था र साहुको ज्यादतीका कारण आत्महत्या गरेपछि यसको समाधानका लागि कनकाई उद्योग बाणिज्य संघको आयोजनामा आयोजित वृहत अन्तक्र्रिया कार्यक्रमलाई यस क्षेत्रका बैँक तथा वित्तिय संस्थाले वहिस्कार गरेका छन ।


कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी बिमलीका अनुसार यस क्षेत्रका सबै बैँक तथा वित्तिय संस्थाहरु र व्यावसायीलाई गरि २ हजार थान चिठ्ठी काटिएको थियो । यस क्षेत्रमा संचालित सबै बैँक तथा वित्तिय संस्थालाई नामै तोकेर अतिथिका लागि चिठ्ठी काटिएको थियो । आज वाणिज्य संघले आयोजना गरेको वित्तिय समस्याको समाधानका लागि आयोजित छलफल तथा अन्र्तक्रिया कार्यक्रममा महासचिव सरोज सिटौलाले वैक तथा वित्तिय संस्थाका प्रमुख हरुको अतिथिका लागि आधाघण्टासम्म निरन्तर नाम बोलाईरहदा कोहिपनि वित्तिय संस्थाका प्रतिनिधिले उपस्थिति नभएपछि आक्रोसित हुदै कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष बिमलीले कनकाईका सबै वित्तिय संस्था र बैँकले सल्लाह गरेरै कोहिपनि प्रतिनिधि नआएको जानकारी भएको भन्दै अव आउदा दिनमा बैँकलाई समस्या परेको खण्डमा बाणिज्य संघ पनि बैँकलाई असयोग गर्दै जाने बताउँनुभयो । बैकका सिइओहरुले ब्याज मात्रै खाने होईन बैँकका सहकारीका अध्यक्षहरुले बाणिज्य संघ र उद्योगी व्यावसायीलाई समस्या पर्दा कार्यक्रममा छलफलमा आउनु प्रदैन बिमलीको गुनासो थियो ।


कार्यक्रममा बोल्दै व्यावसायी भरतकुमार श्रेष्ठले ७ प्रतिशतमा लिएको ऋण १७ प्रतिशत बनाउदा समेत व्यावसायीहरु टुलुटुलु हेरेर बस्नु परेको भन्दै बैँकले लिलामीका लागि स्थानीय वार्ड कार्यालयले सिफारिस दिनुपर्ने नियम अनिवार्य हुने भन्दै वार्डले सो सिफारिस नदिनका लागि समेत अनुरोध गर्नुभयो । सरकारले जग्गा रोक्का गरेर व्यावसायीलाई हात खुट्टा बाधेर पोखरीमा फालिदिएको भन्दै बैँकले ऋण लिदा ३ प्रतिशतसम्म मात्रै ब्याज तलमाथि हुन सक्ने नियम हुदाहुदै ब्याजलाई तेब्बरसम्म बनाएको बताउँनुभयो । अर्का व्यावसायी गोपाल चुडालले आफुले लिएको ऋण समेत आफुले बिरामी पर्दा खर्च गर्न नपाएको र बैँकले मनलाग्दी नियम थुपारेको गुनासो गर्नुभयो ।

यसका लागि सबै व्यावसायी एक हुनुपर्ने चुडालको भनाई थियो । यसैगरि सुनचादी व्यावसायी ख्याम प्रसाईले बैँकले ऋणिको आर्थिक हैसियत र जायथेथा हेरेर ऋण दिने गरेकोमा विच विचमा विभिन्न वहानावाजी र समस्या तेर्साइदिने गरेको बताउँनुभयो । महिला व्यावसायी खिनमाया खतिवडाले गाउँमा लघुवित्तहरुले सामुहिक जमानीमा भन्दै ऋण प्रवाह गर्दा इमान्दार महिलाहरु मारमा परिरहेको बताउँनुभयो । टाठा बाठामहिलाहरुले करोड रुपैँयासम्म अरुको नामको ऋण लिएर फरार हुदा गाउँनै बन्दकी बनिरहेको भन्दै सामुहिक जमानीलाई पारिवारिक जमानीमा बदल्न समृेत लघुवित्तलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष उमेश डालमिया, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणि पोखरेल लगायातको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा स्वागत जनक कार्की र संचालन महासचिव सरोज सिटौलाको रहेको थियो ।

सम्बन्धित खबर